माधव र प्रचण्डबीच नयाँ लफडा सुरु, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

एमालेबाट माधव कुमार नेपाललाई अलग गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको मिसन सफल भएपछि स्वाभावमा परिवतन गर्नुभएको छ । कुनै बेला लालजोडी बनेर हिडेका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच संम्वन्धमा दरार आएको हो । प्रचण्डको स्वार्थ पुरा भएपछि माधव नेपाललाई धोका दिने एक्सनमा प्रचण्ड पुगेको एक स्रोतले दावी गरेको छ । आजैमात्र सधै बालुवाटार पुग्नु अघि कोटेश्वर पुगेर एकिकृत समाजवादीका नेता माधव नेपालाई भेट गर्ने प्रचण्ड शनिवार विहानै एकलै बालुवाटार पुगेर सरकार गठनका विषयमा छलफल गर्नुभएको छ ।

प्रचण्डले माधव नेपालका १४ जना संसदलाई कारवाही गर्न सभामुखलाई ग्रीन सिंनल दिएपछि संवन्धमा दरार आएको हो स्रोतको दावी छ । भदौमा नेकपा एमालेले नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको जानकारी सांसद सचिवालयलाई दिएपछि हालसम्म त्यसले आधिकारिक्ता पाएको छैन। नियमानुसार संसद् अधिवेशन चालु रहेको अवधिमा १५ दिनभित्र सभामुखले कारवाहीको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था छ।

अधिवेशन नभएको अवस्थामा सूचना टाँस गर्ने चलन छ। तर, सूचना कति दिनभित्र टाँस्ने भन्ने अवधि तोकिएको छैन। नजिर र स्थापित मान्यता हेर्ने हो भने यसअघि यस्तै पत्र प्राप्त भएको २४ घण्टादेखि बढीमा ७२ घण्टाभित्र सभामुखले सूचना दिइसकेको देखिन्छ। तर, एमालेको हकमा भने त्यसो हुन सकेन । एमालेले ८ समानुपातिक र ६ प्रत्यक्ष निर्वाचित गरी १४ सांसदलाई कारबाही गर्ने निर्णय त्यही दिन ४ बजे संसद् सचिवालयमा दर्ता गराएपनि अहिलेसम्म पनि सभामुखले त्यसको जानकारी दिने वा सुचना टाँस गर्ने काम गर्नुभएको छैन । यसको एमालेले विरोध जनाएको छ ।

नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’समेतको नियोजित षडयन्त्रका कारण सभामुखले कारवाहीको विषय अड्कार राखेको आरोप लाग्दै आएको छ ।

अब अध्यक्ष नेपाल सरकारमा भाग खोज्न आउँने र माओवादी भन्दा बढी भाग खोज्ने भएकाले उनलाई साईजमा राख्न पनि कारवाहीको सूचना टाँस्नु पर्ने आवस्यक देखिएको प्रचण्डले बताएको स्रोत बताउछ । नेपालको पार्टी माओवादीमै विलय गराउन पनि १४ जना सांसदको पद जानु जरुरी रहेको उहाँले बताउनुभयो । ‘सांसद हुँदा र नहुँदाको वार्गेनिङ प्रकृया फरक हुने भएकाले पहिलो उहाँलाई साइजमा राख्नुपर्छ’ प्रचण्डको भनाईलाई स्रोतल अगाडि सुनायो–‘हामी भाले हुनका लागि उहाँलाई साईजमा राख्ने मौका नै एमालेको कारबाहीको सूचना टाँस गर्ने हो ।’

१४ जना सांसदको पद गए उपनिर्वाचनमा भागवण्डा गरेर आधा–आधा सिट वाँड्ने र एमालेमा मिसिएर गुमेको सिटपनि आउँने विश्लेषण प्रचण्डको छ। प्रचण्डले एमाले फुट्दा अपेक्षा अनुसार फाईदा लिन नसकेको पनि निकटका नेताहरुलाई सुनाउने गर्नुभएको छ । माधवकुमार नेपालले जुन भोल्युममा पार्टी फुटाउँछन् भन्ने अनुमान थियो, त्यसको ठिक विपरित सानो हिस्सा मात्रै लिएर माधव नेपाल बाहिरिएकोमा उहाँको असन्तुष्टी छ

प्रतिक्रिया दिनुहोस
झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको...

रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

    नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले...

दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...