सभामुख सापकोटा जेल जाने कांग्रेस नेता बस्नेतको दाबी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जले जाने बताए ।

‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा)ले सरकारी जग्गा धेरै ठूलो संख्यामा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’ बस्नेतले भने, ‘सरकारी जमीन उहाँका मान्छेको नाममा पास गरिएको छ । अग्निप्रसाद सापकोटाजीको कु–कर्मको कारणले उहाँ चाँडै जेल जाँदै हुनुहुन्छ ।’

उनले भने, ‘अग्नि सापकोटा सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ । नेताहरू अपराधी हुनु भएन ।’ कृष्णबहादुर महरा सभामुख रहेका बेला रोशनी शाहीले यौनदुर्व्यवहारको आरोप लगाएपछि सभामुख पद गुमाएर दशैँको मुखमा जेलमा बस्नु परेको थियो । महराले लामो समयपछि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत ललितपुरबाट सफाइ पाएका छन् ।

सभामुख भएकै बेला सापकोटा पनि सरकारी जमीन कीर्ते गरेको काण्डमा जेल जाने भनेर कांग्रेस नेता बस्नेतले खुलासा गरेपछि माओवादीभित्र खैलाबैला भएको छ । सापकोटा पनि जेल गएमा माओवादीलाई सभामुख पद फाप्दैन भन्ने स्पष्ट हुनेछ । माओवादीले कहिल्यै पनि सभामुख पदमा दाबी नगरे हुनेछ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...