माधव नेपालले आफ्नै घरमा आगो लगाउनु भयो : नेता पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा नयाँ पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताएका छन् ।

चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारसँगको कुरा गर्दै उनले मूल विषयमा सहमति भइसक्दा पनि एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण भएको बताए । ‘आफैँले निर्माण गरेको पार्टीमा विमति भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घरमा आगो लगाउन हुन्न,’ उनले भने ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालै मात्र नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए । ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टीभित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णय बदर गरेपछि हामी पार्टीभित्रै फर्कने वातावरण बनेको थियो,’ नेता पाण्डेले भने, ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...