रावलले साथ छाडेपछि सुदूरपश्चिममा माधव कमजोर



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको सुदूरपश्चिममा बलियो पकड छ । एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीच विगतमा शक्तिसंघर्ष हुँदा सुदूरपश्चिममा रावलका कारण ओलीविरोधी बलियो देखिन्थे । सुदूरपश्चिममा मात्र ओली अल्पमतमा थिए ।

अहिले भीम रावलले माधव नेपालको साथ छाडेपछि सुदूरपश्चिममा माधव नेपाल कमजोर भएका छन् । तर, रावललाई पनि केही विश्वासपात्रहरुले छाडिदिएका छन् । उनको पकड विगतको तुलनामा गुमेको छ । यसले रावललाई राजनीतिमा धक्का लागेको छ ।

भीम रावललाई दीर्घ सोडारीले साथ छाडेका छन् । उनी रावलका विश्वासपात्र मानिन्थे । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधारमन्त्री सोडारी कैलालीमा प्रभावशाली मानिन्छन् । अहिले नेकपा एसमा छन् । सुदूरपश्चिम प्रदेशमा मन्त्री रहेका पूर्णा जोशी र माया भट्टका अलावा प्रदेश सभा सदस्य तारा लामा पनि नेकपा एसमा गएका छन् । उनीहरु रावल निकट मानिन्थे ।

अछामका शेरबहादुर कुँवरले पनि भीम रावलको साथ छाडेका छन् । कुँवर अछाम जिल्ला अध्यक्ष भइसकेका छन् । तर, रावल एमालेमा रहेपनि उनले साथ छाडेर नेकपा एस रोजेका छन् । यसले रावललाई गृहजिल्लामै कमजोर बनाउन सक्छ ।

एमाले संसदीय दलका नेता प्रकाश शाह मात्र रावलको पक्षमा खुलेका छन् । सुदूरपश्चिममा २५ जना नेकपा एमालेका प्रदेश सभा सांसद थिए । ओलीको पक्षमा ८ र ओलीइतर समूहमा १७ थिए । १७ मध्ये अधिकांश नेकपा एसमा जानसक्ने देखिएको छ । उनीहरुलाई रोक्न प्रयास भइरहेको छ । २१ दिनभित्र दल रोज्ने गरी अध्यादेशमा उल्लेख भएकाले केही दिनमै छिनोफानो हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...