६ मन्त्री भाग पाउँदा पनि सम्धीको हात रित्तै



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा मन्त्री बन्न सांसदहरुको दौडधुप सुरु भएको छ । सरकारमा सहभागी भएपछि मात्र पदाधिकारी चयन र संगठन विस्तारको गृहकार्यमा जुटेको पार्टीको भागमा ६ जना मन्त्रीको कोटा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई ६ मन्त्री दिने र आवश्यक परे दुईवटा मन्त्रालय थप्न सकिने बताएपछि पार्टीभित्र मन्त्री बन्ने दौडधुप तीव्र भएको हो । मन्त्री बन्ने दौडमा वामदेव गौतम पत्नी तुलसा थापादेखि सांसद नभएका नेतासमेत सहभागी छन् ।

एकीकृत समाजवादी पार्टीका एक नेताकाअनुसार कलम चिन्ह लिएर स्वतन्त्र हैसियतमा राष्ट्रियसभा सदस्य जितेका खिमलाल देवकोटा पनि मन्त्रीका आकांक्षी हुन् । एमाले नेता रामबहादुर थापा (बादल)लाई असहज अवस्थामा पनि हराएकोले यसपटक आफुले मन्त्री पाउनुपर्ने उनको दावी छ । हालसम्म पनि मन्त्री बन्ने पालो नआएका बेदुराम भुषाल, २०४८ सालमै सांसद भएका विरोध खतिवडा र पुराना नेता मुकुन्द न्यौपानेले पनि यसपटक मन्त्री बन्ने इच्छा देखाएका छन् ।

नयाँ पार्टी निर्माणका क्रममा माधव नेपाललाई नजिकवाट सहयोग गरेका मेटमणि चौधरी, केपी ओली खेमा छाडेर पछिल्लो दिन नेपाल खेमामा खुलेका प्रेम आले र किसान श्रेष्ठ पनि मन्त्रीको दौडधुपमा छन् । पार्टीभित्रैको एउटा खेमा नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री बनाएर पठाउने लविङमा लागिरहेका बेला झाँक्री स्वयंले पनि मन्त्री बन्ने इच्छा देखाएको ती नेताले बताए ।

सुदुरपश्चिमबाट निरादेवी जैरुले आफु मन्त्री बन्न पाउनुपर्ने दावी गरेकी छन् भने दलितकोटाबाट मन्त्री बन्न पाउनुपर्ने भन्दै पार्वती विशंखेले लविङ गरिरहेको ती नेता बताउँछन् । सांसदसँगै केही केन्द्रीय सदस्यलेसमेत मन्त्री पदमा आकांक्षा देखाएका कारण नेपालले निकटका नेताहरुसँग कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गरिरहेको उनको भनाइ छ ।

माधव नेपालको दुःख

नेपालको सम्धी सोमप्रसाद पाण्डे नयाँ पार्टी दर्ताका लागि निवेदन दिने दिन बाटोमै हराउँदा मन्त्री हुनेबाट कही टाढा पुगेका छन । माधव नेपालले गुटका नाममा अवसरपाउँदा पहिलो प्राथमिकतामा पर्ने पाण्डे सम्धीको एमाले विभाजन गर्ने अभियानमा लिखित साक्षी नबसेका कारण समस्यामा परेका हुन । उनी प्राविधिक रूपमा एमालेका सांसद हुन ।

मन सम्धीको पार्टीमा भए पनि उनी सम्भीको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको सांसद हुन एमाले र सांसद दुबै त्याग गरेर जानुपर्छ । त्यो पाण्डेका लागि झन महंगो पर्ने निश्चित छ । कतिसम्म भने माधव नेपालले हात जोडेर नाता जोगाइदिन अनुरोध गरेपछि उनलाइ गाडी चढ्न मिल्नेगरी विभिन्न दलसँग वार्ता गर्न भन्दै एउटा समितिको संयोजक बनाइयो थियो । पाण्डे भने समाजवादीमा पुगेर मन्त्री बन्ने बाटो खोज्नका लागि कानुन व्यवसायीसँग परामर्शमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...