माधव नेपालसँग कति छ शक्ति



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग ५ दशक लामो राजनीतिक अनुभव छ । नेकपा एमालेको महासचिव भई उक्त पार्टीबाट प्रधानमन्त्री समेत भएका नेपालले राजनीतिक जीवनकै ठूलो जोखिम मोलेर पार्टी फुटाएका छन् ।

एमालेमा हुँदा नेपालसँग ४० प्रतिशत केन्द्रीय सदस्यको शक्ति थियो । पदाधिकारीमा उनी बहुमतमा थिए । तर, एमाले विभाजनका क्रममा उनलाई निर्वाचितमध्ये कुनैपनि पदाधिकारी र स्थायी कमिटी सदस्यले साथ दिएनन् । उपाध्यक्ष बामदेव गौतमले भित्री रुपमा साथ दिएपनि खुलेर नेकपा एसमा आइनसकेको अवस्था छ ।

माधव नेपाललाई पूर्वप्रधानमन्त्री झलनाथ खनालको दरिलो साथ छ । तर, खनाल आफै मृगौला प्रत्यारोपणपछि उपचारका लागि नयाँ दिल्लीमा छन् । खनालसँग निकट सुरेन्द्र पाण्डे र भीम आचार्य पनि एमाले छाड्न मानेनन् । आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

अहिले माधव नेपाललाई लामो राजनीतिक गरेका मुकुन्द न्यौपाने र वेदुराम भुसालको साथ मिल्यो । तर, दुवैको निश्चित चुनावी क्षेत्रमा बलियो पकड छैन । न्यौपाने समानुपातिकतर्फका सांसद हुन् । भुसाल राष्ट्रियसभाका सांसद हुन् ।

राजेन्द्र पाण्डे चुनाव क्षेत्रमा बलियो पकड भएका नेतामध्येका हुन् जसले माधव नेपाललाई साथ दिए । धादिङमा पाण्डेको बलियो पकड छ । उनी युवावस्थाबाट नै धादिङबाट पटक पटक चुनाव जित्दै आएका हुन् । मकवानपुरमा बलियो पकड भएका विरोध खतिवडा पनि उनको साथमा छन् ।

काठमाडौं उपत्यकामा ललितपुरमा माधव नेपालको बलियो पकड छ । तर, एमाले फुट्दाको असर ललितपुरमा परिसकेको छ । माधव नेपालका लागि पनि कुनै पनि चुनावी क्षेत्र सुरक्षित छैन । गठबन्धन बनेमा उनी काठमाडौंबाट चुनाव लडेर विजयी हुन सक्छन् । अबको चुनावी राजनीतिक माधव नेपालका लागि सजिलो छैन ।

प्रतिनिधि सभाको यही कार्यकालमा भने माधव नेपालले निकै चार्तुयता देखाउने निश्चित छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उनकै रणनीतिको नतिजा थियो । ओलीनिकटस्थलाई गण्डकी र लुम्बिनीमा मुख्यमन्त्रीबाट हटाउन सके । कर्णाली र सुदूरपश्चिममा पनि ओलीलाई असफल बनाउन माधव नेपालकै विद्रोही रणनीति थियो ।

बादललाई राष्ट्रियसभाको उपनिर्वाचनमा पराजित गर्न खिमलाल देवकोटालाई कलम चिन्ह लिएर बढाए । यसरी माधव नेपालले ओलीविरुद्धको आक्रामक राजनीतिमा सफलता हासिल गरिरहे । एमाले फुटाउँदा ३० सांसदसहितको शक्ति बन्न सके । अहिले प्रतिनिधि सभामा नेकपा एस चौंथो ठूलो शक्ति बनेको छ । अब यही शक्तिले अबको डेढ वर्ष माधव नेपालले शक्ति सञ्चय गर्ने प्रयास गर्नेछन् ।

माधव नेपाल यही प्रतिनिधि सभाबाट प्रधानमन्त्री बन्ने सम्भावना पनि छ । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग यसबारे भद्र सहमति गरेको चर्चा छ । चुनावी सरकारको प्रधानमन्त्री माधव नेपाल नै बन्ने सम्भावना पनि छ । माधव नेपालले एमालेभित्र लगभग सकिइसकेको आफ्नो राजनीतिलाई पुर्नजिवित गर्दै फेरि सत्तारोहरणको बाटो बनाएका छन् ।

अहिले माधव नेपालको दल सरकारमा जाँदैछ । महत्वपूर्ण मन्त्रालयहरु सम्हाल्ने भएको छ । विभिन्न राजनीतिक नियुक्तिमा पनि माधव नेपाल हावी हुन सक्छन् । यसले उनको शक्ति सञ्चय हुने सम्भावना छ । तर, एमालेको कसिलो संगठनलाई पक्षमा पार्न या क्षति पुर्याउन नेपाललाई सहज छैन । व्यवस्थापकीय क्षमताका माधव नेपालले यसपटक जोखिम मोलेर पार्टी फुटाएका छन् । फुटेर बनेका पार्टीहरुको इतिहास राम्रो नभएकाले माधव नेपालको शक्ति अबको चुनावपछि क्षीण हुने विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको...

रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

    नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले...

दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...