भीम आचार्यका भाइ मृत भेटिए



हाम्रो इकोनोमि

 

 

प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुने तयारीमा रहेका एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ राम आचार्य मृत भेटिएका छन् । आचार्यको शव घरमै भेटिएको स्थानीयले जानकारी दिए । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरभित्र शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठाको ढोकाको चुक्कल भित्रबाट लगाइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

५९ वर्षिय राम आचार्य भिम आचार्यका कान्छा भाइ हुन् । उनी उच्च रक्तचाप र मधुमेहका साथै डिप्रेसनबाट समेत पिडित रहेको बताइएको छ । उनी नेकपा एमालेका पहिलो इनूवा नगर कमिटी सचिव र इन्सेकको मानवअधिकार वर्ष पुस्तक प्रतिनिधिसमेत भएका थिए आचार्य ।

प्रदेश १ को मुख्यमन्त्रीमा आजै भिम आचार्यले सपथग्रहण गर्ने कार्यक्रम थियो । उनलाई एमालेले संसदीय दलको नेता चयन गरिसकेको छ । भाइको मृत्यूपछि सपथग्रहण कार्यक्रम स्थगित हुनसक्ने अनुमान गरिए पनि औपचारिक सूचना आएको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...