वागमती सरकार अल्पमतमा, शाक्यको पद धरापामा



हाम्रो इकोनोमि

 

 

एमाले विभाजित भएसँगै भर्खरै बनेको वागमती प्रदेश सरकार पनि अल्पमतमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका दुई सांसद लागेपछि अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बनेको वागमती सरकार अल्पमतमा परेको हो । सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनाल र प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि एमाले नेतृत्वको सरकार एकसातामै संकटमा परेको हो ।

वागमती प्रदेशसभामा १ सय ९ सांसद छन् । जसमध्ये एमालेका ५६ जना सांसद थिए । दुई जना एकीकृत समाजवादीमा लागेपछि एमालेका ५४ सांसद भएका छन् । र, बहुमतका लागि ५५ सांसद चाहिन्छ । दुई सांसदले साथ नदिनेबित्तिकै शाक्यको सरकार अल्पमतमा पर्नेछ ।

मुख्यमन्त्री शाक्यले सरकार जोगाउन केही साना दलहरुसँग सहकार्य गर्नुपर्ने बाध्यता छ । उनी यही भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । सोही दिन खनाल मन्त्री बनेका थिए । माधव नेपाल समूहको बलियो नेताका रुपमा चिनिएकी शाक्यलाई ओली समूहका डोरमणि पौडेललेनै मुख्यमन्त्री तथा संसदीय दलको नेताबाट राजीनामा दिएर नेतृत्वको जिम्मा लगाएका थिए ।

शाक्य अहिले एमालेकै पुरानो जिम्मेवारीमा फर्किसकेकी छन् । तर, मन्त्री खनालले भने एकीकृत समाजवादीको सनाखत प्रक्रियामा भाग लिएर दल फेरेका छन् । चितवन र धादिङबाट २७ हजार बढी मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका खनाल र पाण्डेकै कारण एमाले नेतृत्व सरकार संकटमा परेको हो ।

त्यसो त काभ्रेका लक्ष्मण लम्सला,बसुन्धरा हुमागाई,काठमाडौंकी रमा आले मगरलगायत एकीकृत समाजवादीमा लागेका छन् । राजेन्द्र पाण्डेले कम्तिमा १० जना प्रदेशसभा सदस्य आफ्नो पार्टीमा आउने बताएका छन् । त्यो अवस्थामा साना दलको साथले पनि अष्टलक्ष्मीको सरकार जोगिँदैन । कि त माधव नेपालले शाक्यप्रति सहानुभूति जनाउनुपर्छ, नत्र अल्पमतमा पर्ने निश्चित छ ।

अब वागमती प्रदेशमा  माओवादीका २३, कांग्रेसका २२ जना र अन्य दलका ८ सांसद छन् । जसमध्ये विवेकशील साझाका ३, मजदुर किसान पार्टीका २, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् । विवेकशील र स्वतन्त्र सांसदले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने सम्भावना छैन । एकीकृत समाजवादी, कांग्रेस, माओवादी र विवेकशील साझा पार्टी ओली नेतृत्वको एमालेप्रति प्रतिनिधिसभा विघटन गरेयता रुष्ट छन् ।

एमाले, विवेकशील, मजदुर किसान पार्टी र राप्रपाबाहेक अरु सबै दलहरु केन्द्र सरकार निर्माणमा गठबन्धन बनाएर अघि बढिरहेका छन् । तर, मजदुर किसान पार्टी र राप्रपा चुनावमा जानुपर्ने पक्षमा उभिएका थिए । यो कारण पनि एमाले नेतृत्वको सरकार जोगाउन अब मजदुर किसान पार्टी र राप्रपानै निर्णयक हुने देखिन्छ । ‘हामी प्रदेश सरकारमा जाने सोच छैन, तर परिआए यो सरकार जोगाउन भूमिका खेल्न सक्छौँ’, एक प्रदेश सांसदले भनिन्, ‘तर, छलफल गर्न बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...