एमालेको प्रवक्तामा योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । १० बुँदे सहमति कार्यन्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भोलिपल्ट भट्टराई प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका हुन् ।

बुधबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनको सञ्चालन प्रचार विभाग प्रमुखका हैसियतमा योगेशले गरेसँगै एमाले औपचारिक रूपमा २०७५ जेठ २ को संरचनाबाट अघि बढेको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।

यसबीचमा एमालेले फागुन २३ को फैसलापछि माधव नेपाल पक्षले समानान्तर गतिविधि चलाउन्जेल प्रदिप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मा दिएको थियो ।

२०७५ जेठ २ अघिको संरचनामा एमालेमा प्रवक्ता पद थिएन । प्रचार विभाग प्रमुखले नै प्रवक्ताको भूमिका निर्वाह गर्ने प्रचलन रहेकाले योगेश नै प्रवक्ता थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...