अध्यादेश असंवैधानिक नभए पनि नियत गलत : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् । विशेष पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभइ एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताएका हुन् । अध्यादेश आफैंमा असंवैधानिक नभए पनि नियत गलत रहेको ओलीको दावी छ ।

‘पहिले जारी गरेको अध्यादेशको उद्देश्य, मनशाय, विधि, प्रक्रिया र नियतमा फरक छ । पहिलेको र अहिलेको अध्यादेश कानूनी राजनीतिक हिसाबले उस्तै होइन । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो’, ओलीले भने । माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश स्वतः निस्क्रिय हुन्छ भन्ने वाक्यांश छुटेको भन्दै ओलीले व्यंग्य गरे ।

‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा किन अल्मलिनुभयो थाहा छैन,’ ओलीले भने, ‘माधव नेपालले पार्टी फुटाएपछि स्वतः निस्क्रिय हुन्छ भन्ने पनि छुट्यो । उहाँहरुले अध्यादेशले आफ्नै पार्टी फुटाउँछ भनेर अहिले थर्कमान हुनुहुन्छ ।’

पुस ५ गतेयता संसदले माखो मार्न सक्या छ ?

ओलीले २०७७ पुस ५ देखियता संसदले कुनै काम नगरेको बताएका छन् । ओलीले पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे ? भनी प्रश्न गरेका हुन् ।

‘पुस ५ यता यो संसदले के के गर्यो ? संसदले एउटा माखो मार्न सक्यो ? यो ८–९ महिनाको अमूल्य समय देशले खेर फालेको छ’, ओलीले भने । उनले जनादेशबाट नभइ परमादेशबाट सरकार बनाउने , शक्ति सन्तुलनको सिद्धान्त खल्बल्याउने र जनताले मूल्यांकन गर्न नपाउने अवस्था बन्दै गएको आरोप लगाए ।

‘एउटा निर्वाचित सरकारलाई संसदमा पनि जान नदिएर अन्यत्रको बाटोबाट विस्थापन गर्ने विश्वमै नभएको कदम जे चालिएको छ, वास्तवमा यो नै प्रतिगमन हो’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...