माधव नेपाल छाडेर १० नेता एमाले मूलधारमाको बैठकमा



हाम्रो इकोनोमि

 

 

२०७७ पुस ७ गते केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासित गरेपछि विभाजित भएका नेताहरू ८ महिना पुगेको भोलिपल्ट ओलीकै अध्यक्षताको बैठकमा सहभागी हुन च्यासल पुगेका छन् ।

फागुन २३ सम्म प्रचण्ड-माधव र त्यसपछि एमाले ब्युँतिएपछि पनि माधव नेपाललाई साथ दिएर समानान्तर पार्टी अभ्यासमा रहेका १० जना स्थायी कमिटी सदस्यहरू १० बुँदे कार्यान्वयनमा ओलीलाई सहमत गराएपछि पहिलोपटक बैठकमा सहभागी हुन तुल्सीलाल अमात्य प्रतिष्ठानमा पुगेका हुन् । पुस ५ प्रतिनिधिसभा विघटन भएपछि उनीहरू ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

माधव नेपाल पक्षका १४ स्थायी कमिटी सदस्यमध्ये अमृत बोहरा, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्तले माधव नेपाललाई आजकै मितिबाट औपचारिकरूपमा छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको...