रातभरी निन्द्रा लागेन माधव नेपाललाई, विहान पनि मुडअफमा



हाम्रो इकोनोमि

 

 

परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेश बाट उचालिएर माधव कुमार नेपालले नयाँ दल दर्ताका लागी निवदेन दिए पनि उहाँले चाहे जती सजिलो सँग दल दर्ता गर्न नसक्ने अवस्था बन्दै गएको छ । माधव नेपालको टिमलाई निर्वाचन आयोगले सनाखतका लागी बोलाएको छ , ठिक त्यहि बेलामा नेकपा एमाललेको तस्रो धार भन्ने नेताहरुले पार्टी एकताका लागी भन्दै एमाले अध्यक्ष ओली सँग सहमती गरेका छन् माधव नेपाललाई सबैभन्दा ठूलो टेन्सन अहिले यसैमा देखिएको छ । आजै ३ बजे बस्ने एमाले स्थायी कमिटीको बैठकले महत्वपुर्ण निर्णहरु गर्ने अनुमान गरिएको छ ।

एमाले एकताका लागी भन्दै बनाइएको कार्यदलले गरेको १० बुँदे सहमती गरेर जाने सहमती हुनासाथ मूलभूत रुपमा एमाले एक हुने डरले नेपाललाई सताएको छ ।एमाले एक भएको सन्देश जाने वित्तिकै आफ्नो अडान कमजोर हुने र अन्तिमा निर्वाचन आयोगमा सनाखत गर्न जाने बेलामा पार्टी फुटाउन आवश्यक पर्ने २० प्रतिशत पनि संख्या आफु सँग हुने होकी होइन भन्ने डरले माधव नेपाल ठूलो तनावमा रहेको बुझिएको छ ।नेपालले आफुलाई साथ दिएका केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा राख्नुभएको हो। आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उहाँ सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न जानुभएको हो ।

नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुग्नुभएको थियो । यी सबै घटनाक्रमलाई मज्जाले नियाल्ने हो भने पार्टी फुटाउन चाहिने आफुसंग भएको २० प्रतिशत जोगाउन पनि सारै मुश्किल देखिन्छ । माधव नेपाल आफ्नै समहू भित्रै कमजोर बन्दै जानुभएको छ । यस अघि उनलाई साथ दिएका नेताहरु एमालेमै रहने पक्कापक्की भएको छ भने उहाँहरुले भने जस्तै माग अध्यक्ष केपी शर्मा ओलीले पुरा गरिसक्दा पनि पार्टी विभाजनमा जाँदा थप अप्ठेरो पर्ने देखीएको छ । पदकै लागी र सत्ताकै लागि पार्टी फुटाएको अपजसको भारी माधव नेपालको टाउकामा पर्ने देखिएको छ ।यिनै कुराले रातभरीन मावध नेपाल निदाउन नसकेको एक केन्द्रिय सदस्यले बताए । ‘उहाँ निकै तनावमा देखिनुभएको थियो । विहानै पनि मुडअफ जस्तो देखिनुभएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘हामी अहिले रिसोर्टको हलमा कार्यक्रममा बसेका छौ ।’

प्रतिक्रिया दिनुहोस
रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको...