एमालेका ६० केन्द्रीय सदस्य माधव नेपालको नयाँ पार्टीमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ । दल दर्ताका लागि निवेदन दिएको सो समूहले बुधवार निर्वाचन आयोगमा सनाखत गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउनु पर्नेछ । एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीका कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बैठकस्थलबाट केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए । नेपाल पक्षमा एमालेका २६ जना सांसद पुगेको दावी गरिएको छ । बैठकले अन्तरिम विधान, घोषणापत्र र नियमावली पारित गर्नेछ ।

साहले भने–५० जना उपस्थित भइसक्नुभएको छ,केही बाटोमा आउँदै हुनुहुन्छ । चारजना विरामी हुनुहुन्छ । हामीसँग एमालेको हाल कायम रहेका १९१ मध्ये ६१ जना केन्द्रीय सदस्यको साथ रहनेछ । केन्द्रीय कमिटीको ३० प्रतिशत र संघीय संसदको २० प्रतिशत पुर्याउँदैछौं । यसैबीच सुदूरपश्चिमबाट भीम रावल निकट दीर्घ सोडारी र तारा लामा तामाङ पनि माधव नेपाल पक्षमा लागेका छन् । प्रेम आले, विना बुढाथोकी, निरा जैरु लगायतका सांसद तथा केन्द्रीय सदस्य यसअघि नै नेपाल पक्षमा लागेका थिए ।

२६ सदस्यीय एमाले स्थायी कमिटीबाट भने बैठकमा माधव नेपाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालमात्र छन् । झलनाथ खनालको समर्थन रहे पनि उनी दिल्लीमा छन् भने वामदेव गौतम बैठकमा सहभागी भएका छैनन् । नेपाल निकट अन्य १० जना स्थायी कमिटी सदस्यले सोमवार अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेर १० बुँदे सहमति कार्यन्वयनमा जाने समझदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...