आफुमाथी ठुलो धोका भएको माधव नेपालको घोषणा



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि बेइमानी र धोकाधडी भएको भन्दै असन्तुष्टि जनाए । मध्यराति चन्द्रागिरीबाट ट्वीट गर्दै नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवं धोकाधडी भएको बताए ।

भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेसहित विगतमा आफ्नो पक्षमा रहेका नेताहरु एमालेमै रहने निर्णयमा पुगेपछि माधव नेपालले कडा टिप्पणी गरेका हुन् । रावल लामो समय नेपालको साथमै रहे । उनको खेमाबाट नवौं महाधिवेशनबाट उपाध्यक्षमा सर्वाधिक मत ल्याई निर्वाचित भए । ओलीसँग निरन्तरको संघर्षमा कडा रुपमा उत्रिए । तर, शेरबहादुर देउवालाई विश्वासको मत दिने बखत उनी पछि हटे । त्यसपछि विस्तारै नेपालको साथ छाड्दै हिजोबाट औपचारिक रुपमै अलगिए ।

अष्टलक्ष्मी शाक्यले पनि लामो समय नेपाललाई साथ दिइन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री बनाइन् । तैपनि, माधव नेपालको साथ पाउने दाबी गरिन् । उनी एमाले फुटाउने पक्षमा लागिनन् । युवराज ज्ञवाली पनि माधव नेपालका विश्वासपात्र मानिन्थे । उनले पनि साथ दिएनन् ।

सुरेन्द्र पाण्डे माधव नेपालको खेमाबाट नवौं महाधिवेशनमा महासचिवमा उम्मेदवार बनेर ईश्वर पोखरेलसँग झीनो मतले पराजित भएका थिए । पाण्डेले पनि नेपाललाई पार्टी फुटाउन साथ दिएनन् ।

गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यले मात्र नभई रघुजी पन्तले पनि साथ दिएनन् । माधव नेपालले दर्ताका लागि निवेदन दिएको नयाँ दलमा अब नवौं महाधिवेशनमा निर्वाचित कुनैपनि पदाधिकारी छैनन् । निर्वाचित स्थायी कमिटी सदस्यमा माधव नेपालबाहेक कोही पनि छैनन् । झलनाथ खनाल विधानत स्वतः वरिष्ठ नेता हुन् ।

आफूलाई साथ दिदै आएका र नयाँ दल निर्माणमा प्रोत्साहित गर्नेहरुले नै धोका दिएको भन्दै माधव नेपाल रुष्ट भएका छन् । भीम रावलले नयाँ बन्ने पार्टीको विधान नै लेखेको खुलेको छ । घनश्याम भुसाल पनि नयाँ बनेको दलको डकुमेन्ट लेखनमा लागेका थिए । तर, सबैले अन्तिममा साथ छाडिदिए ।

रावल माधव नेपालको खेमामा रहेर पटक पटक मन्त्री भएका थिए । माधव नेपाल प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए । गोकर्ण बिष्ट, योगेश भट्टराई र घनश्याम भुसाल पनि नेपालकै कोटाबाट विगतमा मन्त्री भएका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि नेपाल समूहबाट मन्त्री बन्न पाएकामा पर्दछन् । रघुजी पन्त पनि माधव नेपालकै पहलमा मन्त्री भएका थिए । तर, सबैले साथ छाडेपनि उनी रुष्ट भएका छन् । धोकाधडी र बेइमान भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र

    नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको...

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

    रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...