माधव नेपालले हामीलाई धोका दिनुभयो : गोकर्ण विष्ट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी विभाजन धोका भएको बताएका छन् । विष्टले राजनीतिक, सांगठानिक र नैतिक कुनै पनि हिसाबले पार्टी विभाजन सही नहुने उनको भनाइ छ । एक रेडियो कार्यक्रममा कुरा गर्दै नेता विष्टले भने, “हामीले जेमा अडान राखेका थियौं, त्यसमा कमरेड माधव नेपालसँगै लामो समयसम्म लडेका हौं । उहाँले एक शब्द नसोधी अनायासै पार्टी विभाजन गर्नुभयो । सिंगो पार्टी पंक्तिका लागि विभाजन नै धोका हो । दल विभाजनसम्बन्धी अध्यादेश आउँदै छ भन्ने हामी माधव पक्षकै १४ जना स्थायी कमिटी सदस्यलाई थाहा दिनुभएन । यस हिसाबले माधव नेपालले हामीलाई छाड्नुभएको छ, हामीले उहाँलाई छाडेको होइन । तपाईंले एउटै रेडियो या टेलिभिजनमा संवादमा राख्नुभयो भने स्पष्ट हुन्छ, उहाँले हामीसँग कुनै सल्लाह किन गर्नुभएन ?”

माधव नेपाल समूहलाई छाडेर ओलीमा किन विलीन हुनुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हामीले पहिलेदेखि नै लगातार पार्टी एकतामा जोड दियौं । त्यसको अर्थ न आत्मसमर्पण हो, न त विभाजन हो । म माधवकुमार नेपाल, झलनाथ खनाललगायतका कमरेडहरुलाई अपमान हुने कुनै अपशब्द प्रयोग गर्दिनँ । १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीभित्रै भविष्य खोजौं भन्ने मेरो भनाइ हो । माधव नेपाललाई पार्टीमै फर्कनोस् भन्न चाहन्छु । माधव नेपालबिनाको एमाले बनाउने हाम्रो चाहना होइन ।”

उनले १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी एकता सम्भव नहुने पनि औंल्याए । उनले थपे, “आज बिहान ११ बजे सहमति कार्यान्वयनको मोडालिटीबारे छलफल हुँदै छ । २०७५ जेठ २ भन्दा पहिलेका कमिटी पूर्ववत् फर्काउने सहमति भइसकेको छ । त्यसमा एकताबद्ध हुँदा स्थायी समितिमार्फत सम्पूर्ण अन्तर पार्टी निर्देशन जान्छ ।” अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन र माधव नेपाललगायत १४ जना सांसदको कारबाही फिर्ता गर्न सहमत हुँदा माधव नेपालको नयाँ पार्टी गठनको निवदेन फिर्ता होस् भनेको चाहेको उनले बताए । उनले सांगठनिक अराजकता र वैचारिक विचलन त्यागेर एकतामा फर्काउने प्रयत्न जारी राख्ने पनि जनाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र

    नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको...

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

    रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...