माधव नेपालको पार्टीमा १७ पदाधिकारीसहित १५१ केन्द्रीय समिति



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट विभाजित भएर बन्न लागेको नेकपा (एकीकृत समाजवादी)ले अन्तरिम विधान २०७८ पारित गरेको छ । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीको चन्द्रागिरी हिल्समा बसेको बैठकले अन्तरिम विधान र घोषणापत्र अनुमोदन गरेको हो । पारित विधानमा पार्टीको छोटकारी नाम नेकपा (एस) राख्ने उल्लेख छ भने मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद/लेनिनवाद हुनेछ । तर यसअघि एमालेले मान्दै आएको जनताको वहुदलीय जनवााद भने सो पार्टीले रणनीतिक लक्ष्यका रुपमा नमान्ने भएको छ ।

पार्टीको विधान र घोषणापत्रमा जबजको साटो रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ । जबजका मान्यताहरुको रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्न वैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाइएको सो पार्टीका नेता श्रीप्रसाद साहले बताए । जबज र कतिपय सैद्धान्तिक विषयबाहेक नेकपा (एस)को विधान एमालेकै विधानको हुबहु रहेको छ । तर पदाधिकारी र केन्द्रीय समितिको संरचना भने एमालेको भन्दा फरक रहेको छ ।

नेकपा एसको अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सात सचिव सहित १७ जना पदाधिकारी रहनेछन् भने केन्द्रीय कमिटीमा ११५ पूर्ण र ३६ वैकल्पिक सहित १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ । महाधिवेशन नहुन्जेल १५१ सदस्यीय केन्द्रीय समिति राष्ट्रिय परिषदले निर्वाचन गर्ने विधानमा उल्लेख छ । त्यसमध्ये ५१ सदस्यीय पोलिटव्युरो र २१ सदस्यीय स्थायी समिति रहने विधानमा उल्लेख छ । प्रदेश, जिल्ला र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...