६ महिनापछि एमाले मै फर्किए १० नेता, माधव गुटमा ठुलो धक्का



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको स्थायी कमिटी बैठकमा आज ६ महिनापछि स्थायी कमिटीका ९ सदस्य सहभागी हुँदैछन । १० बुँदे सहमतिको जगमा एमालेलाई एकतावद्ध बनाउँदै अघि बढाउनका लागि उपाध्यक्ष डा भीबहादुर रावलसहितका नेता आजबाट एमालेको औपचारिक बैठकमा सहभागी हुँदैछन ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने स्थायी कमिटीले १० बुँदे सहमति कार्यान्वयनको मोडल तयार गर्नेछ । १० बुँदे अक्षरश कार्यान्वयनका सन्दर्भमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलले एउटा सहमति गरेको थियो । उक्त छलफलले उपाध्यक्ष डा रावल, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलसहितको समूहले मोडालिटी बनाउने जिम्मा दिएको थियो ।

बैठकमा ६ महिनादेखि पार्टीको औपचारिक बैठकमा नगएका एमालेका उपाध्यक्षत्रय डा भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराइ र भीम आचार्य, स्थायी कमिटी सदस्यद्धय सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायत सहभागी हुनेछन ।

शीर्ष नेताहरूले विभाजनको विरूद्धमा एमालेमै सहमति गरेर बस्ने निर्णय लिएकोमा कार्यकर्ताले खुशी मनाएका छन । उनीहरूले एमालेको विकल्प एमाले नै रहेको भन्दै असन्तुष्टिको पार्टीभित्रको  प्लेटफर्ममा रहेर समाधान खोज्नुपर्ने बताएका छन । यस कारण माधव गुटमा ठुलो धक्का लागेको छ । उता  माधवकुमार नेपालको चन्द्रागिरी रिसोर्टको भेलामा पूर्व एमालेका ४० जना केन्द्रीय सदस्यमात्र सहभागी भएका छन । रिसोर्टमा बुधबार बिहानसम्मका लागि थुनिएका एक नेताका अनुसार नयाँ र अन्य छन तर पूर्व केन्द्रीय कमिटीका जम्मा ४० जनामात्र सहभागी भएकाछन। सहभागीका बीचमा  माधव नेपालले सम्बाेधन गर्दै घोषणा पत्र वितरण गरेका छन ।

भाइ कांग्रेसको रूपमा जन्मिएको प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य नभएको भन्दै रहरलाग्दा नेताहरू कोही पनि पछि लागेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...