माधवसँग छुटेर ओलीसँग जुटेपछि नेताहरु बालकोटमा



हाम्रो इकोनोमि

 

 

केपी ओलीसँग राजनीतिक र सांगठनिकरूपमा विभाजित भएको ठीक ९ महिनापछि तत्कालीन नेकपा र हाल एमालेका ९ जना स्थायी कमिटी सदस्यहरू अन्ततः ओलीले बोलाएको बैठकमा बस्न तयार भएका छन् ।

तत्कालीन नेकपा पुस ७ गते विभाजित भएपछि भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त प्रचण्ड-माधव समूहमा थिए ।

फागुन २३ को फैसलाले एमाले ब्युँतिएपछि पनि उनीहरू माधव नेपाल नेतृत्वको समानान्तर गतिविधिमै थिए । तर, नेपालले पार्टी विभाजन गरेपछि भने उनीहरू १० बुँदे कार्यान्वयनको प्रतिबद्धतासहित एमालेमा रहने भएका छन् र मंगलबारको बैठकले सबै विषय सम्बोधन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...