१० बुँदे सहमति कार्यान्वयनका हुने संकेत, माधव बाहेक अरु एक हुने
नेकपा एमालेमा भएको १० बुँदे सहमति कार्यान्वयनका विषयमा कुरा गर्न उपाध्यक्ष डा भीमबहादुर रावल लगायतका नेता बालकोट पुगेका छन । अहिले अध्यक्ष केपी शर्मा ओलीसँग भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतले छलफल गरिरहेका छन ।
उनीहरूले माधव नेपालको पार्टी विभाजन गर्ने निर्णय असहमति जनाउँदै साथ दिएनन् । आइतबार दुवै पक्षका नेताहरुले गम्भीर ढंगले समिक्षा गरेर स्थायी कमिटी सदस्य शंकर पोखरेललाइ १० बुँदे कार्यान्वयनका लागि सक्रिय गराउने निर्णय लिएका थिए । त्यस लगत्तै पोखरेल लगायतका नेताले अध्यक्ष ओलीसँग कुरा गरे डा रावलसिहतसँग छलफल गराएका हुन ।


