रावल गुटले एमालेमा मच्चायो यस्तो काण्ड, को-को लागे उता



हाम्रो इकोनोमि

 

 

एमालेभित्रको विवाद मिलाउनका लागि अध्यक्ष केपी ओलीलाई दोस्रो तहका नेताहरूले दवाव सिर्जना गरिरहेका बेला असन्तुष्ट समूहका नेताहरूको अल्टिमेटमले थप दवाव सिर्जना गरेको छ । माधव नेपाल समूह परित्याग गरेर आफ्नै गुट खडा गरेका एमालेका नेताहरू भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईसहितका नेताहरूले मंगलबारसम्म अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका छन् ।

पार्टीभित्र केही लचक भएर समस्याको समाधान खोज्नुपर्ने बेला रावल समूहले आफ्नै गुट खडा गरेर दवाव दिन खोजेकोमा कार्यकर्तामा असन्तुष्टि बढेको छ । एमालेलाई एकतावद्ध बनाएर लैजाने दायित्व र जिम्मेवारी असन्तुष्ट समूहको पनि हो । ओली आफैले समेत एमालेलाई मिलाएर लैजान चाहेको बताउँदै आएका छन् । ओलीले गरेको प्रतिवद्धतालाई असन्तुष्ट समूहले रुचाएको छैन । नगदमा माग पूरा गर्न भनेको छ ।

रावल समूहले दवाव सिर्जना गर्न खोजेपछि ओली पनि धेरै दवावमा पर्ने अवस्थामा छैनन् । उनले दश बुँदे सहमतिलाई कार्यान्वयन गर्ने भनिसकेका छन् । ओली सकारात्मक रहेको दश बुँदे कार्यान्वयनको माग राखेर रावल समूहले दिएको अल्टिमेटमको के अर्थ रहन्छ ? भनेर प्रश्न उठेका छन् ।

मंगलबारसम्म दश बुँदाको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने अन्यथा पार्टी विभाजनको औचित्य पुष्टि हुने धारणा नेता घनश्याम भुसालले राख्दै आएका छन् । रावल समूह पार्टी मिलाउनेभन्दा पनि नेपाल समूहको कार्ड देखाएर एमालेभित्र झन् विवाद बढाउन खोजेको हो कि भनेर आशंका पनि भएका छन् । नेपाल समूह छाडेको रावलसहितका नेताहरूको गतिविधिले पार्टी एकतालाई असर गरिरहेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...