रावल गुटले एमालेमा मच्चायो यस्तो काण्ड, को-को लागे उता
एमालेभित्रको विवाद मिलाउनका लागि अध्यक्ष केपी ओलीलाई दोस्रो तहका नेताहरूले दवाव सिर्जना गरिरहेका बेला असन्तुष्ट समूहका नेताहरूको अल्टिमेटमले थप दवाव सिर्जना गरेको छ । माधव नेपाल समूह परित्याग गरेर आफ्नै गुट खडा गरेका एमालेका नेताहरू भीम रावल, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईसहितका नेताहरूले मंगलबारसम्म अध्यक्ष ओलीलाई अल्टिमेटम दिएका छन् ।
पार्टीभित्र केही लचक भएर समस्याको समाधान खोज्नुपर्ने बेला रावल समूहले आफ्नै गुट खडा गरेर दवाव दिन खोजेकोमा कार्यकर्तामा असन्तुष्टि बढेको छ । एमालेलाई एकतावद्ध बनाएर लैजाने दायित्व र जिम्मेवारी असन्तुष्ट समूहको पनि हो । ओली आफैले समेत एमालेलाई मिलाएर लैजान चाहेको बताउँदै आएका छन् । ओलीले गरेको प्रतिवद्धतालाई असन्तुष्ट समूहले रुचाएको छैन । नगदमा माग पूरा गर्न भनेको छ ।
रावल समूहले दवाव सिर्जना गर्न खोजेपछि ओली पनि धेरै दवावमा पर्ने अवस्थामा छैनन् । उनले दश बुँदे सहमतिलाई कार्यान्वयन गर्ने भनिसकेका छन् । ओली सकारात्मक रहेको दश बुँदे कार्यान्वयनको माग राखेर रावल समूहले दिएको अल्टिमेटमको के अर्थ रहन्छ ? भनेर प्रश्न उठेका छन् ।
मंगलबारसम्म दश बुँदाको सहमतिलाई कार्यान्वयन गर्नुपर्ने अन्यथा पार्टी विभाजनको औचित्य पुष्टि हुने धारणा नेता घनश्याम भुसालले राख्दै आएका छन् । रावल समूह पार्टी मिलाउनेभन्दा पनि नेपाल समूहको कार्ड देखाएर एमालेभित्र झन् विवाद बढाउन खोजेको हो कि भनेर आशंका पनि भएका छन् । नेपाल समूह छाडेको रावलसहितका नेताहरूको गतिविधिले पार्टी एकतालाई असर गरिरहेको आरोप छ ।


