म एमालेमै छु, मेरो फोटो दुरुपयोग भयो : वामदेव गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको भन्दै उनको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा उनको सचिवालयले आपत्ति जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचार-प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

दुई दिनअघिमात्र गौतमका एकता अभियानको भर्चुअल बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा समाहित हुने निर्णय गरेको उनका अर्का स्वकीय सचिव शैलेन्द्र राउतले बताएका थिए ।

नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको फोटो राखेर शनिवारदेखि सो पार्टीका कार्यकर्ताले प्रचार गरिरहेका छन् । यो ब्यानर गौतमका प्रेस संयोजक समेत रहेका विश्वमणी सुवेदीले समेत सामाजिक सन्जालमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...