म एमालेमै छु, मेरो फोटो दुरुपयोग भयो : वामदेव गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको भन्दै उनको सचिवालयले नेकपा एकीकृत समाजवादीको ब्यानरमा गौतमको फोटो राखिएकोमा उनको सचिवालयले आपत्ति जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम एमालेमै रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचार-प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

दुई दिनअघिमात्र गौतमका एकता अभियानको भर्चुअल बैठकले माधव नेपाल नेतृत्वको पार्टीमा समाहित हुने निर्णय गरेको उनका अर्का स्वकीय सचिव शैलेन्द्र राउतले बताएका थिए ।

नेकपा एकीकृत समाजवादीको ब्यानरमा झलनाथ खनाल र माधव नेपालसँगै बामदेवको फोटो राखेर शनिवारदेखि सो पार्टीका कार्यकर्ताले प्रचार गरिरहेका छन् । यो ब्यानर गौतमका प्रेस संयोजक समेत रहेका विश्वमणी सुवेदीले समेत सामाजिक सन्जालमा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...