एमाले झनै शक्तिशाली हुन्छ : टोपबहादुर रायमाझी



हाम्रो इकोनोमि

 

 

एमाले नेता टोपबहादुर रायमाझीले आगामी चुनावमा नेकपा एमाले झनै शक्तिशाली हुने ठोकुवा गर्नुभएको छ । एमालेको भातृ संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै नेता रायमाझीले एमालेलाई सिध्याउने खेल सबै समाप्त भइसकेका ठोकुवा पनि गर्नुभयो । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो र पहिलो पार्टी हुने रायमाझीको भनाइ छ ।

‘अब उहाँहरुको कलह सुरु भयो, एमाले सिध्याउने उहाँहरुका खेल सकिए, अब नेकपा एमाले चम्केर आउँछ, शक्तिशाली भएर आउँछ, अरु पार्टीको उधेली लाग्दै जान्छ, उहाँहरु आफ्नो मृत्युको खाल्डो आफै खन्नुभएको छ, उहाँहरु (शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल) सिध्दिदै हुनुहुन्छ,’ रायमाझीले भन्नुभयो ।

संसद् चल्नै नदिने अवस्था आएपछि तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने कुरा गर्दा प्रतिगमन भनिएको बताउँदै उहाँले भन्नुभयो, ‘ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक कदम होकी ? प्रगतिशील कदम होकी रु आफ्नो प्रधानमन्त्रीलाई फालेर प्रतिपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हिँडने प्रगतिशील हो ?’

अरु कुनै पनि उपायले केपी ओलीलाई हटाउन नसकेपछि अदालतको परमादेशबाट हटाइएको रायमाझीले बताउनुभयो । परमादेश सरकार नेपालको संविधान सिध्याउने उद्देश्यसाथ अगाडि बढेको रायमाझीले बताउनुभयो । चलिरहेका संसद् स्थगित गरेर दल विभाजन अध्यादेश ल्याइएको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

उहाँले २० प्रतिशत सदस्य भएपछि सबै पार्टी फुट्न सक्ने बताउनु भयो । ‘हेर्दै जानुस् माधवजीहरु ३ महिनामा फुट्नुहुन्छ, माओवादी पनि फुट्ने,कांग्रेस पनि फुट्ने, २० प्रतिशत बनाइसकेपछि सबै फुट्ने, उहाँहरु सबैले आफ्नो टाउकोमा आफै बन्चरो हान्नुभएको छ,’ रायमाझीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...