महन्थ ठाकुर समूह पनि सरकारमा जाने तयारी



हाम्रो इकोनोमि

 

 

महन्थ ठाकुर समूह सरकारमा सहभागी हुन आतुर बनेको छ । नयाँ दल दर्ताका लागि ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको २४ घण्टा नपुग्दै सरकारमा जान खुट्टा उचालेर बसेका हुन् ।

ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुन दवाव सिर्जना गरेको एक नेताले बताएका छन् । महतोले उप–प्रधानसहितका मन्त्रालयहरू मागेर सरकारमा जान दवाव सिर्जना गरेका हुन् । ठाकुर समूहमा महतोको दब्दबा छ । महतोको निर्णयलाई ठाकुरले काट्न सक्दैनन् ।

महतोकै कारण ठकुर झण्डै दल विहीन बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर जस्तो नेतालाई दल विहीन बनाउन नहुनेभन्दै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नयाँ दल दर्ताका लागि मौका दिएका थिए । ठाकुरमा सुधार आउनुपर्नेमा धेरै नेताहरूको सुझाव छ । महतोका कारण तनावमा परेका ठाकुरलाई विभिन्न खालका दवावहरू सिर्जना भइरहेका छन् । महतोलाई उप–प्रधानसहितका मन्त्रालय चाहिएको छ । महतोलाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई रुचि छैन ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...