महन्थ ठाकुर समूह पनि सरकारमा जाने तयारी



हाम्रो इकोनोमि

 

 

महन्थ ठाकुर समूह सरकारमा सहभागी हुन आतुर बनेको छ । नयाँ दल दर्ताका लागि ठाकुर समूहले निर्वाचन आयोगमा निवेदन दिएको २४ घण्टा नपुग्दै सरकारमा जान खुट्टा उचालेर बसेका हुन् ।

ठाकुर समूहका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुन दवाव सिर्जना गरेको एक नेताले बताएका छन् । महतोले उप–प्रधानसहितका मन्त्रालयहरू मागेर सरकारमा जान दवाव सिर्जना गरेका हुन् । ठाकुर समूहमा महतोको दब्दबा छ । महतोको निर्णयलाई ठाकुरले काट्न सक्दैनन् ।

महतोकै कारण ठकुर झण्डै दल विहीन बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर जस्तो नेतालाई दल विहीन बनाउन नहुनेभन्दै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नयाँ दल दर्ताका लागि मौका दिएका थिए । ठाकुरमा सुधार आउनुपर्नेमा धेरै नेताहरूको सुझाव छ । महतोका कारण तनावमा परेका ठाकुरलाई विभिन्न खालका दवावहरू सिर्जना भइरहेका छन् । महतोलाई उप–प्रधानसहितका मन्त्रालय चाहिएको छ । महतोलाई मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई रुचि छैन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...