चुनाव चिन्ह नै पाएनन माधव नेपालले, एमाले ब्राण्ड छोडे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट विभाजित भइ नयाँ दल खोलेका माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष दल दर्ताका लागि नयाँ नामसहितको निवेदन दिएका छन् । नेता राजेन्द्र पाण्डेले नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् । पाण्डेले नयाँ नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको जानकारी  दिए । चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। ‘आयोगले दर्ता प्रमाण पत्र दिँदा चिन्हको टुंगो लाग्छ,’ उनले भने ।

निर्वाचन आयोगले यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन मौखिक आग्रह गरेका थियो ।

नेपाल पक्षले यसअघि आयोगमा नेकपा (एमाले-समाजवादी) र चिन्ह खुला किताव प्रस्ताव गरेको थियो । एमाले-समाजवादी एमालेसँग मिल्दोजुल्दो भएको र खुल्ला किताब अर्कै पार्टीको रहेको भन्दै आयोगले नयाँ नाम र चिन्हसहित आउन भनेको हो । योसँगै नेपालले एमालेको ब्राण्ड छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...