चुनाव चिन्ह नै पाएनन माधव नेपालले, एमाले ब्राण्ड छोडे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट विभाजित भइ नयाँ दल खोलेका माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष दल दर्ताका लागि नयाँ नामसहितको निवेदन दिएका छन् । नेता राजेन्द्र पाण्डेले नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् । पाण्डेले नयाँ नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको जानकारी  दिए । चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। ‘आयोगले दर्ता प्रमाण पत्र दिँदा चिन्हको टुंगो लाग्छ,’ उनले भने ।

निर्वाचन आयोगले यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन मौखिक आग्रह गरेका थियो ।

नेपाल पक्षले यसअघि आयोगमा नेकपा (एमाले-समाजवादी) र चिन्ह खुला किताव प्रस्ताव गरेको थियो । एमाले-समाजवादी एमालेसँग मिल्दोजुल्दो भएको र खुल्ला किताब अर्कै पार्टीको रहेको भन्दै आयोगले नयाँ नाम र चिन्हसहित आउन भनेको हो । योसँगै नेपालले एमालेको ब्राण्ड छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...