जबजपनि छोडे माधव नेपालले, प्रचण्डपथतिर लाग्ने तयारी



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेबाट विभाजित नयाँ पार्टीले यसअघि मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) छाड्ने भएको छ । पार्टीको सिद्धान्त र कार्यक्रमको मस्यौदा बनिरहे पनि टुंगो भने लागिसकेको छैन । पार्टीको कार्यक्रम र राजनीतिक दस्तावेज मस्यौदामा संलग्न एक नेताका अनुसार जबजको विकसित रूप जनताको बहदुलीय समाजवाद वा जनताको समाजवादलाई नयाँ पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउने भएको छ ।

नेकपा एमाले समाजवादी निर्वाचन आयोगले दर्ता नगर्ने भनेकाले पार्टीको नाम नेकपा एकीकृत समाजवादी राख्नेगरी आजै निर्वाचन आयोगमा अनुसूची फाराम लिन जाने तयारी नेपाल पक्षका नेताहरूको छ । नेकपा एमालेका संस्थापक नेतामध्येका एक माधव नेपाल तत्काली महासचिव मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवाद मस्यौदा तथा कार्यान्वयन चरणका प्रमुख नेता हुन् । नेपाल १५ वर्ष महासचिव भएकै बेला जबज एमालेको सिद्धान्त बनेको थियो ।

नेकपा एमाले र माओवादीबीच एकीकरण हुने बेला पनि माधव नेपालले जबज छाड्न मानेका थिएनन् । नेकपा एकीकरणपछि भने केपी ओली पक्षले जबजको बहस थाल्यो भने माधव नेपाल र प्रचण्डले त्यसको विरोध गरेका थिए । साविक नेकपाले एमालेको जबज र माओवादीको एक्काइसौं शताव्दीमा जनवादको विकास भन्ने कार्यक्रम स्थगन गरेर जनताको जनवाद भन्ने कार्यक्रम अघि सारेका थिए । अदालतबाट एमाले ब्युँतिएसँगै उसको मार्गदर्शक सिद्धान्त जबज बनेको छ ।

माधव नेपालले भने अबको पार्टीमा जबजको विकास गरेर नयाँ कार्यक्रम राख्ने भएका छन् । पार्टीको नामको पछाडि समाजवाद राख्ने भइसकेपछि सिद्धान्त र कार्यक्रम पनि समाजवाद नै राख्ने तयारी छ । उनीनिकट एक नेताले भने, ‘टुंगो लागि सकेको छैन तर जनताको समाजवादी कार्यक्रमको रुपमा हामी जान्छौं । अब जाने भनेको समाजवादतर्फ हो । जबजले भनेको चरण पूरा भइसकेको छ । त्यसैले संविधानको प्रस्तावनामै उल्लेखित समाजवाद कार्यान्वयनका लागि हामी जनताको समाजवाद वा जनताको बहुदलीय समाजवाद त्यस्तै केही कार्यक्रम राख्छौं ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...