एमालेमा भीम रावलको नयाँ गुट, को-को छन नामसहित



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका हस्तीहरुले नयाँ समूह खडा गरेका हुन् ।

भीम रावलसहितको नयाँ समूह अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहँदै आएका नेताहरु थिए । उनीहरुले माधव नेपालले नयाँ दल दर्ता गरेपछि पनि ओलीसँगको संघर्षलाई जारी राख्ने सन्देश दिएका छन् । समूहमा सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई र रघुजी पन्त छन् ।

पाण्डे र पन्तबाहेक सबै नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारी हुन् । उनीहरुको एमालेमा बलियो पकड छ । रावलसहितका नेताहरुले माधवकुमार नेपालसहित १४ नेतामाथि कारबाही फिर्ता लिन ओलीलाई आग्रह गर्दै वक्तव्य निकालेका छन् । माधव नेपाललाई पनि पार्टी दर्ता प्रक्रियाबाट पछि हट्न भनेका छन् ।

ओलीलाई भेटेरै नेताहरुले सहमतिको बिन्दु निकाल्न नेताहरुले आग्रह गरेका थिए । तर, ओली तयार भएनन् । अब उनीहरुले एमालेभित्र नयाँ संघर्षको थालनी गरेका छन् ।

भीम रावलसहितको समूहमा ३७ जना केन्द्रीय सदस्य रहेको बुझिएको छ । यो समूह अब ओलीविरुद्ध संघर्ष गर्ने लक्ष्यसहित बढेको छ । ओलीले लचकता प्रदर्शन नगरेर जर्बजस्ती बढ्न खोजे भीम रावलसहितको समूहले फेरि अर्को विद्रोह गर्ने रणनीति समेत तयार गरेको छ । एमालेबाट फुटेको नेकपा एमाले समाजवादीमा ५६ जना केन्द्रीय सदस्य गएपछि २०३ नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटिमध्येबाट १४७ बाँकी रहेको छ । ओली सहमतिमा नआए त्यसमध्येबाट पनि ३७ जनाले फेरि विद्रोह गरी पार्टी विभाजनसम्म जाने अवस्था आउनसक्ने देखिएको छ ।

अब ओलीलाई भदौ भरी भीम रावलसहितको समूहले सहमतिका लागि दबाब दिने रणनीति बनाएका छन् । उनले २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई नल्याई विधान महाधिवेशन गरेर बढ्न खोजेमा रावलसहितको समूहले विद्रोह गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...