अध्यादेश फिर्ता गर्न माधवलाई साथ छोडेका नेताहरुको आह्वान



हाम्रो इकोनोमि

 

 

एमालेका ९ जना ‘मध्यमार्गी’ नेताले विभाजित पार्टीको एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् ।

विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरिएको छ । ‘पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्तारुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेताहरुले आफूहरुलाई एमालेको पदाधिकारीका रुपमा खुलाएका छन् । हालै बाग्मतीको मुख्यमन्त्रीमा नियुक्त भएकी नेतृ अष्टलक्ष्मी शाक्यले पनि एमाले उपाध्यक्षको हैसियतमा विज्ञप्तिमा हस्ताक्षर गरेकी छन् ।

हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, स्थाई कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थाइ कमिटी सदस्य रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...