यसरी समाप्त भयो माधव नेपालको राजनीतिक भविष्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधानको पूर्ण पालना हुन्थ्यो भने केपी शर्मा ओली, झलनाथ खनाल र बामदेव गौतम सल्लाहकार कमिटीमा सिमित हुन्थे । माधवकुमार नेपाल अबको केही महिनापछि त्यही कमिटीमा पुग्थे । तर, एमालेको पहिलो पुस्ताका यी ४ नेताको टकरावले पार्टी विभाजन भएको छ । ओली एमाले अध्यक्ष कायमै छन् । माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) गठन गरेका छन् । नेपाललाई झलनाथ खनालले साथ दिएका छन् । बामदेव गौतम पनि पार्टी विभाजनमा नेपाललाई सघाइरहेका थिए तर कित्ता स्पष्ट पारेका छैनन् ।

राजनीतिक जीवनको उत्तराद्र्धमा आएर माधव नेपालले एमाले फटाएका छन् । उनले यसको दोष केपी शर्मा ओलीमाथि लगाएका छन् । एमालेमा नेतृत्व विकास भइसकेको अवस्थामा यी दुईको टकरावले फुटेकोमा कुनै विवाद छैन । तर, ओली र नेपालबीचको टकरावले पार्टी फुट्दा दोस्रो पुस्ताका नेताहरु तमासे मात्र भए । माधव नेपालले आय राम र गए राम भन्दै साथ नदिनेको समेत बेवास्ता गरी जोखिम मोले । उनले ७० वर्ष पुग्न लाग्दा ५ दशक बिताएको पार्टी फुटाए । नेपाललाई ओलीबाट ठूलै पेलाई नभएको होइन । तर, आफूपक्षीय हस्ती नेताहरुको एमालेमै संघर्ष गरौं भन्ने सुझावलाई समेत बेवास्ता गरे । २ भदौंमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिए ।

एमाले अहिलेसम्म दुई पटक फुटेको । २०५४ सालमा महाकाली सन्धीको मुद्दामा र २०७८ सालमा शक्तिसंघर्षको मुद्दामा । २०५४ सालमा एमाले फुट्दा माधव नेपाल महासचिव थिए । बामदेव गौतमसँग उनको टकरावले एमाले फुट्यो । नेपाल त्यतिबेला संस्थापन पक्षमा थिए । उनले निकै मिहेनत गरेर एमालेलाई बलियो बनाइरहे । २०७८ सालमा एमाले फुट्दा माधव नेपाल संस्थापन इतर समूहमा रहेका थिए । २०५४ मा एमाले फुटाउने बामदेव गौतमविरुद्ध माधव नेपाल उभिएका थिए । उनलाई ओलीले दरिलो साथ दिएका थिए । अहिले ओलीविरुद्ध संघर्ष गर्दागर्दै माधव नेपालले पार्टी फुटाए ।

२०५४ र २०७८ को अवस्था निकै फरक छ । त्यतिबेला बामदेव गौतमसँग ४६ सांसद थिए । एमालेको ४० प्रतिशतभन्दा बढी सांसद र त्यति नै संख्याका केन्द्रीय कमिटी सदस्य लिएर गौतमले नयाँ दल बनाएका थिए । यतिबेला माधव नेपालले एमालेको नवौं महाधिवेशनपछि बनेको केन्द्रीय कमिटीमध्ये हाल रहेका २०३ मध्ये ५८ र १२१ सांसदमध्ये ३० जनालाई लिएर पार्टी विभाजन गरेका छन् । एकजना राष्ट्रिय सभाका सांसद पनि छन् । स्थायी कमिटीका झलनाथ खनाल र डा. वेदुराम भुसाल मात्र नेपालको साथमा छन् ।

माधव नेपालको साथमा लामो समययता रहेका एमाले उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यका अलावा उपमहासचिव घनश्याम भुसालले साथ छाडेका छन् । सुरेन्द्र पाण्डे र रघुजी पन्त जस्ता विश्वासपात्रले पनि साथ दिएनन् । उनीहरु एमालेमै रहेका छन् ।

यो हालतमा एमाले विभाजन गरेका माधव नेपालको राजनीतिक भविष्यबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनीसँग अब संघर्ष गर्ने उमेर पनि छैन । न त संघर्षमा साथ दिने बलिया नेता कार्यकर्ताको नै साथ देखिन्छ । यसकारण माधव नेपाल निकै कमजोर समूह लिएर एमाले विभाजन गर्न पुगेका छन् । अबको चुनावमा यही टिमले सुखद परिणाम ल्याउला भन्नेमा आशंका छ । ४० प्रतिशतको एमालेको शक्ति लिएर माले बनाएका बामदेव गौतम २०५६ सालको चुनावमा सुन्य सिटमा सिमित भएको इतिहास साक्षी छ । ३० प्रतिशत केन्द्रीय सदस्य र २५ प्रतिशत सांसद लिएर एमाले विभाजन गरेका माधव नेपालको हालत के होला ?

तत्काललाई माधव नेपाल पार्टीलाई सरकारमा सहभागी गराई शक्तिशाली बन्लान् । विगतमा नेकपा मालेले पनि त्यस्तै गरेको थियो । तर, चुनावमा सजिलो हुनेछैन । हुन त संसदीय राजनीति राम्ररी बुझेका नेपालले ओलीलाई केन्द्र र प्रदेश गरी ठाउँ ठाउँमा पछारेका छन् । त्यसका लागि उनलाई शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको बलियो साथ मिलेको छ । चुनाव अघिसम्म मात्र नभई चुनावमा पनि त्यो साथ मिलेमा माधव नेपालले सहकार्यबाट राम्रो सिट जित्नसक्ने सम्भावना रहन्छ । तर, फुटेको पार्टी र नयाँ चिन्हमा मतदाताको विश्वास र मतपत्रमा छाप लगाउन हात गइहाल्दैन भन्ने विगतले देखाइसकेको छ ।

आगामी चुनावमा माधव नेपालले एक्लै चुनाव लडेमा सजिलो छैन । उनले प्रचण्डलगायत वा प्रचण्डको दल माओवादीसँग मात्र सहकार्य गरेर चुनाव लडेमा भने राम्रो नतिजा ल्याउन सक्छन् । प्रचण्डसँग पार्टी एकता गरेर जाने सम्भावना पनि हुनसक्छ । त्यसको संकेत उनले गरिसकेका छन् । यसरी जाँदा पनि माधव नेपाल प्रचण्ड जति बलियो हुने देखिदैन । यसकारण माधव नेपाललाई अबको राजनीतिक निकै कठिन छ । उनले नेता कार्यकर्तालाई पार्टी छाड्नबाट जोगाउन मुश्किल पर्न सक्छ । चुनावमा प्रतिष्ठा जोगाउन उत्तिकै चुनौती छ ।

इतिहास र वर्तमानलाई केलाउँदा माधव नेपाललाई अबको राजनीतिक सजिलो छैन । उनको निधारमा पार्टी विभाजनको दाग लागेको छ । आफ्नैले साथ छाडेको अवस्था छ । यसकारण आगामी चुनावमा माधव नेपालले केपी शर्मा ओली र नेकपा एमालेलाई क्षति पुर्याउन सक्छन् । तर आफै मजबुत बनेर आउने सम्भावना कमजोर छ । उनको राजनीतिक भविष्य नै संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...