किताब चिन्ह पाएनन् माधवले, यस्तो पर्यो संकट



हाम्रो इकोनोमि

 

 

नवगठित नेकपा (एमाले-समाजवादी) ले पार्टीको चुनाव चिन्ह नपाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले नयाँ चिन्हको खोजी शुरू गरेका छन् ।हिजो दर्ताको निवदेन दिँदा एमाले समाजवादीले खुल्ला किता चुनाव चिन्ह प्रस्ताव गरेको थियो। तर, आयोगमा पुगिसकेपछि उक्त चिन्ह अर्कै पार्टीको नाममा दर्ता भइसकेको खुलेको थियो । उन्नत लोकतान्त्रिक पार्टीको नाममा खुल्ला किताब रहेको पाइएको हो ।

खुल्ला किताब चिन्ह नहुने भएपछि माधव नेपालको नजर कलम चिन्हमा परेको छ । यो चिन्ह पनि यसअघि नै आयोगमा दर्ता भइसकेको छ । माधव नेपालनिकट युवा जीवन राइले कलम चिन्ह भएको नेकपा (एकीकृत) दर्ता केही समय अगाडि गराएका थिए ।

यसअघि राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाले पनि कलम चिन्हबाटै चुनाव जितिसकेको र राईसँग वार्ता गरेर चुनाव चिन्ह लिन सहज हुने भएकाले नेता नेपालले कमल चिन्ह प्रयोग गर्ने सोच बनाएको एक नेताले जानकारी दिए । एमाले समाजवादी नाम निर्वाचन आयोगबाट स्वीकृत नभएको खण्डमा पार्टीको नाम नेकपा एकीकृतका लागि पनि नेपाल सकरात्मक रहेका छन् ।

नेकपा एकीकृतका अध्यक्ष जीवन राईले भने यसबारेमा माधव नेपाल पक्षले अहिलेसम्म आफूलाई औपचारिक रुपमा आग्रह नगरेको बताए । उनले आफू चाँडै राष्ट्रिय सम्मेलनको तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...