किताब चिन्ह पाएनन् माधवले, यस्तो पर्यो संकट



हाम्रो इकोनोमि

 

 

नवगठित नेकपा (एमाले-समाजवादी) ले पार्टीको चुनाव चिन्ह नपाउने भएपछि अध्यक्ष माधवकुमार नेपालले नयाँ चिन्हको खोजी शुरू गरेका छन् ।हिजो दर्ताको निवदेन दिँदा एमाले समाजवादीले खुल्ला किता चुनाव चिन्ह प्रस्ताव गरेको थियो। तर, आयोगमा पुगिसकेपछि उक्त चिन्ह अर्कै पार्टीको नाममा दर्ता भइसकेको खुलेको थियो । उन्नत लोकतान्त्रिक पार्टीको नाममा खुल्ला किताब रहेको पाइएको हो ।

खुल्ला किताब चिन्ह नहुने भएपछि माधव नेपालको नजर कलम चिन्हमा परेको छ । यो चिन्ह पनि यसअघि नै आयोगमा दर्ता भइसकेको छ । माधव नेपालनिकट युवा जीवन राइले कलम चिन्ह भएको नेकपा (एकीकृत) दर्ता केही समय अगाडि गराएका थिए ।

यसअघि राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाले पनि कलम चिन्हबाटै चुनाव जितिसकेको र राईसँग वार्ता गरेर चुनाव चिन्ह लिन सहज हुने भएकाले नेता नेपालले कमल चिन्ह प्रयोग गर्ने सोच बनाएको एक नेताले जानकारी दिए । एमाले समाजवादी नाम निर्वाचन आयोगबाट स्वीकृत नभएको खण्डमा पार्टीको नाम नेकपा एकीकृतका लागि पनि नेपाल सकरात्मक रहेका छन् ।

नेकपा एकीकृतका अध्यक्ष जीवन राईले भने यसबारेमा माधव नेपाल पक्षले अहिलेसम्म आफूलाई औपचारिक रुपमा आग्रह नगरेको बताए । उनले आफू चाँडै राष्ट्रिय सम्मेलनको तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...