प्रचण्ड र बाबुरामको चल्यो यस्तो जुहारी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेता बाबुराम भट्टराईलाई समाजवादी हुन कम्युनिष्ट पार्टी छोड्नै पर्छ भन्दै प्रश्न गरेका छन् । समाजवादी केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले प्रचण्ड, माधव नेपाल लगायतालई तत्कालको चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल विकासका लागि लाग्न आँट गर्न आग्रह गरेका थिए ।

‘त्यसो गर्न के हामीले माक्सवार्द, लेनिवाद, माओवाद छोड्न जरुरी छ ?,’ पूर्वसहयोद्धा प्रचण्डको प्रश्न छ, ‘कम्युनिष्ट पार्टी छोडेर मात्रै त्यो सम्भव हुन्छ ?’ कम्युनिष्ट पार्टीबाट अब हुँदैन भन्ने विश्लेषणले क्रान्तिमा धेरै मद्दत नगर्ने उनले बताए । प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीबाट अब हुँदैन भन्ने कुराले क्रान्तिलाई धेरै मद्दत गर्दैन । धेरै नयाँ चिजको खोजी गर्छौं भन्दा-भन्दै हामी कतै हराएको त होइन् ?’

माक्सवार्दका आधारभूत कुरामै आशंका गर्दा आफैँ हराउने खतरा रहेको प्रचण्डको भनाइ छ। ‘घटनाक्रमले पुष्टी बाबुरामजीले भनेको जस्तो मात्रै गरेका छैनन् । त्यो हुँदा न यता न उता हुने खतरा पनि भएको छ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...