बामदेव गौतमले पनि छाडे माधव नेपाललाई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अझै कित्ता प्रष्ट पारेका छैनन् । माधवकुमार नेपाललाई एमाले विभाजन तयारीमा साथ दिएका गौतम बुधबार पार्टी दर्ता गर्दा निर्वाचन आयोग देखिएनन् । गौतमले आज आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । एकता अभियान नाम दिएर अलग समूह चलाइरहेका गौतमले आज छलफल गरी राय सुझाव संकलन गर्ने बुझिएको छ । त्यसपछि उनी कुन पार्टीमा लाग्ने वा अलग समूह बनाएर बस्ने स्पष्ट हुने निकट स्रोतले बतायो ।

बामदेव गौतमको समूहभित्र तीन धारणा देखिएको छ । एउटा पक्ष एमालेमै रहनुपर्नेमा जोड दिदै आएको छ । अर्को पक्ष माधवकुमार नेपालले गठन गरेको पार्टीमा जानुपर्ने पक्षमा छ । तेस्रो पक्ष तटस्थ बसेर एकता अभियान जारी राख्नुपर्नेमा जोड दिइरहेको छ । तर, अधिकांश गौतम पक्षधर नेताहरु केपी शर्मा ओलीसँग रहने निष्कर्षमा रहेको बुझिएको छ ।

सबै धारणालाई बुझेर बामदेव निर्णयमा पुग्न लागेका छन् । माधव नेपालसँगै नयाँ दलमा सहभागी हुन लाग्दा उनी रोकिनुमा घनश्याम भुसाललगायत केही नेताहरु रोकिनु पनि कारण रहेको बुझिएको छ । पूर्वमालेका अधिकांश नेता कार्यकर्ता फुटको विपक्षमा उभिएपछि बामदेव पनि रोकिए । बामदेवले आज निकटस्थसँग परामर्श लिएर एमालेमै रहने या राजीनामा दिएर फरक ढंगले बढ्ने निर्णय लिने भएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री भइरहेका गौतम एमालेभित्र प्रभावशाली नेता हुन् । उनकै साथ पाएर नवौं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका थिए । तर, २०७४ को आमनिर्वाचनपछि ओलीसँग उनको सम्बन्ध बिग्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...