झलनाथ सहित थप १३ केन्द्रीय सदस्यले छाडे माधव नेपाललाई



हाम्रो इकोनोमि

 

 

एमाले छाडेर एमाले समाजवादी दर्ता गरेका माधवकुमार नेपाललाई पार्टी गठनको भोलिपल्टसम्म नै १३ केन्द्रीय नेताले साथ छाडेका छन् ।एमाले–समाजवादीमा वरिष्ठ नेताको हैसियत दिएका झलनाथ खनालले समेत माधव नेपालको साथ छाडेर मूल पार्टी एमालेमै रहने घोषणा गरेको स्रोतको भनाइ छ ।त्यस्तै, स्थायी कमिटी सदस्य प्रदीप नेपालले पनि एमालेमै रहने घोषणा गरिसकेका छन् ।

खनाल र नेपालसहित १३ नेताले मूलपार्टीमै रहने घोषणा गरेका हुन् ।अन्य प्रयोजनका लागि गरिएको सही लगेर पार्टी दर्ता गरेको भन्दै नेताहरुले आपत्ति समेत जनाएका छन् ।केन्द्रीय सदस्य सूर्य थापाका अनुसार, ‘विभाजनकारी माधव गुट’ छाड्नेको संख्या थप बढ्नेछ । उनले ट्वीट गर्दै भनेका छन्, ‘इतिहासको अभिलेखमा विभाजनकारीहरूको नाम– कमरेडहरू झलनाथ खनाल, प्रदिप नेपाल, सुरेन्द्र मानन्धर,वसन्त मानन्धर,कृष्ण खनालसहित धेरै नेताको नाम यहाँबाट हट्दै जाने छ । प्रतीक्षा गरौं र अरू इमान्दार व्यक्तिले पनि कमरेड प्रदिपले झै घोषणा गर्नेछन् ।’

माधव नेपालको विपक्षमा उभिएर नेकपा (एमाले) मै रहेको घोषणा गर्ने नेताहरू:

१. झलनाथ खनाल– वरिष्ठ नेता
२. प्रदीप नेपाल– स्थायी कमिटी सदस्य
३. नरेश खरेल– केन्द्रीय सदस्य
४. भानुभक्त जोशी– केन्द्रीय सदस्य
५. कृष्ण खनाल– केन्द्रीय सदस्य
६. रबिन कोइराला– केन्द्रीय सदस्य
७. सुधिर साह– केन्द्रीय सदस्य
८. सुरेश कार्की– केन्द्रीय सदस्य
९. सुरेन्द्र मानन्धर– केन्द्रीय सदस्य
१०. इन्द्रलाल सापकोटा, अध्यक्ष–बागलुङ
११. टीकाराम खड्का, अध्यक्ष–दाङ
१२. रमा आले मगर, काठमाडौ
१३. शिवकुमार गुरूङ, ताप्लेजुङ

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...