लुम्बिनीमा माधव गुट पत्तासाफ, क-कसले छाडे साथ



हाम्रो इकोनोमि

 

 

लामो समय नेकपा एमालेमा माधव नेपाल समूहमा रहेका लुम्बिनीका नेताहरु पार्टी विभाजन गरेर जाने विषयमा असहमति राख्दै साथ छाडेपछि लुम्बिनीमा नेपालको नयाँ पार्टी निकै कमजोर हुने भएको छ । लुम्बिनीबाट नेपाल समूहमा रहेका युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, ठाकुर गैरे, सोमप्रसाद पाण्डेलगायतले नयाँ यात्रामा साथ दिएनन् ।

क्षेत्रबाट लामो समयदेखि प्रतिनिधित्व गरेका शीर्ष नेताहरु पार्टी विभाजन गरेर जान नसकिने भन्दै उनको साथ छोडेका जनाएका छन् । नेपालको नजिक रहेर काम गरेका नेताहरु नयाँ पार्टीमा जान नखोजेपछि नेपाल समूहका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेताहरु पनि रोकिएका छन् ।

दाङ जिल्लाबाट माधव नेपाल समूहको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका टिकाराम खड्काले नयाँ पार्टी बनाउने कुरामा सहमत नरहेको जनाएका छन् । उनले एमाले विभाजन गरेर कसैलाई फाइदा नहुने भन्दै आफू कुनै पनि हालतमा एमाले समाजवादीमा रहननसक्ने जनाएका छन् ।

गुल्मीबाट नेपाल समूहमा रहेका जिल्ला नेताहरुले पार्टी विभाजन गरेर, सूर्य चिह्न छोडेर जिल्लामा नयाँ पार्टीको कुनै भविशय नभएको नेता गोकर्ण विष्ठलाई दवाव दिँदै आएका थिए । पहिलेदेखि नै पार्टी विभाजन रोक्ने अभियानमा लागेका विष्ट पनि आफ्नो भूगोलको वास्तविकता हेरेर नेपाल समूहको साथ छोडेका छन् । पाल्पाका युवा नेता ठाकुर गैरे र माधव नेपालका सम्धी नै रहेका सोमप्रसाद पाण्डे पनि नयाँ पार्टीमा समेटिन चाहेनन् ।

‘जीवनभर पार्टी निर्माणमा लागेका कमरेडहरुले माधव नेपालको साथ छोड्नु उनलाई उनलाई डुबाउने निश्चित छ । आखिर यो बाध्यता ओलीको दोष मात्र रहेनछ भन्ने पुष्टि भयो,’ युवा नेता देवराज पोखरेलको भनाइ छ । विश्लेषक ऋषि आजादको भनाइमा नेपाल समूहमा रहेका प्रभावशाली नेताहरुले उनको साथ छोडेपछि भविश्य बनेको छ ।

‘नेकपा रहँदा माओवादी क्याप्मबाट एमालेमा रहेका नेता कार्यकर्ताहरु अहिले नेपाल समूहबाट छाडेर जानेभन्दा निकै धेरै रहेकाले साविकको एमालेलाई संख्यात्मक घाटा हुँदैन, उनले भने ।

विश्लेषक डीआर घिमिरेका अनुसार माधव नेपालको समूहमा रहेका नेताहरु आफ्नो भविश्य हेरेरै उता नलागेको हुनसक्ने अनुमान गर्छन् ।
‘पहिलो त भूगोलमा कमजोर हुने विश्लेषण हो, दोस्रो पार्टी विभाजन गरेर सफल भइँदैन भन्ने विगतको अनुभव पनि हो, तेस्रो स्थानीय कार्यकर्ताले कुनै पनि हालतमा सूर्य र मूलधार छाडे साथ दिन नसकिने दवाव हो, चौथो माधव नेपाल माओवादीलाई साथ लिएर अगाडि बढेन खोजेको संकेत पाएर पनि हो । र केही नेताहरु नेपालसँगको सल्लाहमै अवस्था बुझेर पछि जाने रणनीतिक योजनाले पनि बसेका हुनसक्छन् तर यो सम्भावना कमजोर छ, उनले भने ।

रुपन्देहीमा नेपाल समूहको अध्यक्ष रहेका राजु गुरुङले भने जो–जो नेताहरु जता लागेपनि आफू समाजवादीमा दृढ भएर लाग्ले बताए । सोही समूहमा रहेका नेता सिद्धिचरण भट्टराईले कुन–कुन नेताहरु अहिले नेपाल समूहमा रहे भन्ने विषयले अर्थ नलाग्ने बताउँदै यो विद्रोहले सफलता पाउने दावी गरे ।

उनले बिगतमा पनि गलत कामको विरोध गरेर संस्थापन पक्ष छोड्नेहरु सफल रहेको दावी गर्दै केही नेताहरु अहिले नआउनु रणनीतिक योजना भएको तर्क गरे । लुम्बिनीबाट नेपालको नयाँ पार्टीमा डा. बेदुराम भुसाल, डा. विजय पौडेल, रामकुमारी झाँक्री, मेटमणि चौधरी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...