वागमतिको मुख्यमन्त्री अष्टलक्ष्मी बनाउने तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ । त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिन लागेको छ । माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई आजै साँझ वा भोलि विहानसम्म वागमतिको मुख्यमन्त्री बनाइने भएको छ ।

अहिले हेटौंडामा एमाले संसदीय दलको बैठक शुरु हुन लागेको र आजै दलको नेता परिवर्तन हुने पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणी पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई नेता बनाउने तयारी छ । सकेसम्म आजै साँझ शाक्य मुख्यमन्त्री बन्ने छिन् । शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा पर्नेछन् ।

शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने र बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा शाक्य मुख्यमन्त्री भएपछि २ वर्ष अविश्वास प्रस्ताव पनि ल्याउन नपाइने भएकाले एमालेले यो तरिका अपनाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले दलको बैठक बस्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...