वागमतिको मुख्यमन्त्री अष्टलक्ष्मी बनाउने तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला माधव नेपाल समूहमा ट्वीस्ट आउन थालेको छ । त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिन लागेको छ । माधव नेपाल पक्षकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई आजै साँझ वा भोलि विहानसम्म वागमतिको मुख्यमन्त्री बनाइने भएको छ ।

अहिले हेटौंडामा एमाले संसदीय दलको बैठक शुरु हुन लागेको र आजै दलको नेता परिवर्तन हुने पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

मुख्यमन्त्री डोरमणी पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई नेता बनाउने तयारी छ । सकेसम्म आजै साँझ शाक्य मुख्यमन्त्री बन्ने छिन् । शाक्य मुख्यमन्त्री बनेपछि माधव पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा पर्नेछन् ।

शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने र बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा शाक्य मुख्यमन्त्री भएपछि २ वर्ष अविश्वास प्रस्ताव पनि ल्याउन नपाइने भएकाले एमालेले यो तरिका अपनाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले दलको बैठक बस्न लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...