क-कसले छाडे नेकपा एमाले, नामसहित



हाम्रो इकोनोमि

 

 

कम्तिमा २० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ पार्टी गठनका लागि माधवकुमार नेपाल निर्वाचन आयोग जाने तयारी गरेका छन । निर्वाचन आयोज जानु अघि आवश्यक प्रक्रियाका लागि नेपाल समूहका नेता बानेश्वरको अर्याल होटलमा जम्मा भएका छन । एमालेको नवौँ महाधिवेशनदेखि नै माधव नेपालले सोही होटलबाट गुटको गतिबिध सञ्चालन गर्दै आएका छन ।

नेपाल समूहका नेता जगन्नाथ खतिवडाका अनुसार अर्याल होटलको छलफल सकेर निर्वाचन आयोग जाने तयारी छ । उनले केन्द्रीय कमिटीका कम्तिमा २० प्रतिशतको हस्ताक्षर लिएर जाने तयारी भएको त्यो पूरा भएको बताए । केही प्राविधिक बाहेकको काम सकिएको उनले बताए ।

यी हुन एमाले छाड्न लामबद्ध भएका नेताहरू

एमालेका दुई सय तीनमध्ये ५० भन्दा बढी केन्द्रीय सदस्य नेपालको पक्षमा खुलिसकेका छन् । झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, बेदुराम भुसाल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, रामप्रीत पासवान, डा। विजय पौडेल, श्रीमाया थकाली, गौरा प्रसाईं कोइराला, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, भागवत विश्वासी, शत्रुधन महतो, चूडामणि जंगली, जयन्ती राई, जीवनराम श्रेष्ठ, बलदेव चौधरी, सीता गिरी ओली, श्रीप्रसाद शाह, केदार न्यौपाने, कल्याणी खड्का, घनेन्द्र बस्नेत, प्रमेश हमाल, रामकुमार ज्ञवाली, धर्मनाथ साह, यदुवंश झा, रामचन्द्र यादव, रवीन्द्र बैठा, रामचन्द्र साह तेली, रत्नेश्वर गोइत, हरिनारायण महतो, कृष्ण खनाल, दिनेश राई, निरा जैरू, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री, लक्ष्मण पौडेल, विजय गुरुङ, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रेमलकुमार खनाल, मेटमणि चौधरी, रचना खड्का, रामरतीदेवी राम, शेरबहादुर केसी, हंसराज शाही, खगेन्द्र चुँडाल, डा देउमान सम्बाहाङ्फे, देवशंकर पौडेल र सरला यादव नेता नेपालको पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...