काँग्रेस संसदीय फाँसीवाद षडयन्त्रको मतियार हो : प्रभु साह



हाम्रो इकोनोमि

 

 

 

 

 

पुर्वमन्त्री प्रभु साहले शहिद रामबृक्ष यादवको नाममा राजनीतिक व्यापार गर्नेहरुले संसदीय फाँसीवाद र काँग्रेसी षडयन्त्रको मतियार बनेको आरोप लगाएका छन् ।

शहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा आज पुर्वमन्त्री साहले श्रद्धाञ्जली व्यक्त गर्दै उनको सपना पुरा गर्नका लागि निरन्तर संघर्षमा अगाडी बढनुपर्ने अहिलेको आश्यकत्ता रहेको जनाएका छन् । उहाँको नाममा केवल राजनीतिक व्यापार मात्र गर्नेहरु त्यही संसदीय फाँसीवाद र कांग्रेसी षडयन्त्रको मतियार बनेको बेला उहाँको लडाईलाई निरन्तर अगाडि बढाइरहेका तपाई हामी सम्पूर्ण क्रान्तिकारीहरुलाई निरन्तर मजबूत आत्मबल एवं प्रेरणा मिलिरहने दृढआत्मविश्वास सहित कर्तव्यपथमा निरन्तर अगाडि बढन सबैमा एकमुष्ट हार्दिक अपिल समेत गर्दछु’ साहले भने ।

संसदीय फाँसीवाद विरुद्धको संघर्षका क्रममा कांग्रेसी षड्यन्त्रको अनुसार यादवको हत्या गरिएको भएतापनि उनको सपना आज पनि सबैको माझमा जीवितै छ । देशबाट संसदीय व्यवस्था फाल्ने लडाई उत्कर्षमा रहेको बेला आज यसलाई अन्तिम निष्कर्ष नदिएसम्म यादवको वास्तविक अर्थमा सम्मान हुन नसक्ने उनले जनाएका छन् । ‘नेपालको वामपन्थी आन्दोलनमा महत्वपूर्ण योग्दान गर्नुहुने एक शशक्त, जुझारू, कर्तव्यनिष्ठ एवं अथक योद्धा आदरणीय व्यक्तित्व तथा त्याग, बलिदान एवं उत्सर्गका प्रतिमुर्ती कमरेड रामवृक्ष यादवको २७ औं स्मृति दिवसको विशेष अवसरमा उहाँको योग्दानहरुको स्मरण गर्दै उहाँप्रति उच्च श्रद्धा एवं सम्मान भावसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’ उनले भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...