अध्यादेश जारी हुनेबित्तिकै दल दर्ता गर्ने माधव समूहको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुनेबित्तिकै नयाँ दल दर्ता हुने नेपाल समूहका केन्द्रीय सदस्य एवम् मेटमणि चौधरी बताए । ‘नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको छ,’ चौधरीले भने, ‘अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा जान्छौं । हामी तयार अवस्थामा छौं ।’

नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिएको छ । नयाँ पार्टीका लागि माधव समूहले नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार गरेको छ ।

पार्टीको चुनाव चिह्न कलम वा कुनै रूपमा सूर्य राखेर जाने सोचाइमा नेपाल समूहको तयारी छ । आयोगले विकल्पहरुमध्ये जुनलाई स्वीकृत गर्छ त्यसलाई दर्ता गरिने बताइएको छ । एमालेको नवौं महाधिवशेनबाट तयार भएको विधानलाई केही परिमार्जन गरेर नयाँ पार्टीको विधान तयार गरिएको एक नेताले जानकारी दिए ।

बेदुराम भुसाल, डा. विजय पौडेल, राजेन्द्र पाण्डेलगायतका नेताहरु अध्यादेश जारी हुनेबित्तिकै आयोग जान तयारी अवस्थामा रहेको बताइएको छ ।हिजो ढिलो आइपुगेकाले अध्यादेश जारी हुन नसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो । राष्ट्रपति कार्यालय स्रोतले केहीबेरमा अध्यादेश जारी हुने जानकारी  दिएको छ । राष्ट्रपति बाट अध्यादेश जारी भएर राजपत्रमा प्रकाशित भएपछि अध्यादेश कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...