अध्यादेश जारी हुनेबित्तिकै दल दर्ता गर्ने माधव समूहको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुनेबित्तिकै नयाँ दल दर्ता हुने नेपाल समूहका केन्द्रीय सदस्य एवम् मेटमणि चौधरी बताए । ‘नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको छ,’ चौधरीले भने, ‘अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा जान्छौं । हामी तयार अवस्थामा छौं ।’

नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिएको छ । नयाँ पार्टीका लागि माधव समूहले नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार गरेको छ ।

पार्टीको चुनाव चिह्न कलम वा कुनै रूपमा सूर्य राखेर जाने सोचाइमा नेपाल समूहको तयारी छ । आयोगले विकल्पहरुमध्ये जुनलाई स्वीकृत गर्छ त्यसलाई दर्ता गरिने बताइएको छ । एमालेको नवौं महाधिवशेनबाट तयार भएको विधानलाई केही परिमार्जन गरेर नयाँ पार्टीको विधान तयार गरिएको एक नेताले जानकारी दिए ।

बेदुराम भुसाल, डा. विजय पौडेल, राजेन्द्र पाण्डेलगायतका नेताहरु अध्यादेश जारी हुनेबित्तिकै आयोग जान तयारी अवस्थामा रहेको बताइएको छ ।हिजो ढिलो आइपुगेकाले अध्यादेश जारी हुन नसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो । राष्ट्रपति कार्यालय स्रोतले केहीबेरमा अध्यादेश जारी हुने जानकारी  दिएको छ । राष्ट्रपति बाट अध्यादेश जारी भएर राजपत्रमा प्रकाशित भएपछि अध्यादेश कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...