संसद छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेकोमा आपत्ती जनाएका छन् ।

विगतको सरकारले सोही कदमको विरोध गर्दै आएको स्मरण गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

हिजोको सरकारले सोही अध्यादेश ल्याउँदा गलत भन्नेहरुले आज समर्थन गर्ने अधिकार नरहने भन्दै समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताए ।

थापाले गत वर्ष बैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई समेत यो अध्यादेशको विरोध गर्ने कुनै हक नहुने दावी गरे । उनले भने, ‘अहिले विरोध गर्ने भए, त्यतिबेला गल्ती गरेका थियौं भनेर माफी माग्नुपर्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...