संसद छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेकोमा आपत्ती जनाएका छन् ।

विगतको सरकारले सोही कदमको विरोध गर्दै आएको स्मरण गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

हिजोको सरकारले सोही अध्यादेश ल्याउँदा गलत भन्नेहरुले आज समर्थन गर्ने अधिकार नरहने भन्दै समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताए ।

थापाले गत वर्ष बैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई समेत यो अध्यादेशको विरोध गर्ने कुनै हक नहुने दावी गरे । उनले भने, ‘अहिले विरोध गर्ने भए, त्यतिबेला गल्ती गरेका थियौं भनेर माफी माग्नुपर्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...