माधव नेपालसहित १४ जनालाई कारबाही नगर्न गोकर्ण विष्टको आग्रह

हाम्रो इकोनोमि

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी विभाजनमा लागेका माधवकुमार नेपालसहितका १४ जना माथि कारबाही नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन । सामाजिक सञ्जाल मार्फत मंगलबार राति सचिव विष्टले एकताका लागि हदैसम्मको प्रयत्न भैरहेको भन्दै नेपालसहित १४ जनामाथि गरिएको कारबाही फिर्ता लिन अनुरोध गरेका छन ।

विष्टले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपाल सहित १४ जना सांसद माथी गरिएको कारबाहीले बिभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुको लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ । हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न संभव छ । हामी भित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भुमिका जरुरी पर्दछ । यस्तो अवस्थामा क। नेपाल सहितका सांसदहरूमाथीको कारबाही फिर्ता लिएर एकताको लागि थप भुमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु ।’

माथि कारबाही नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन । सामाजिक सञ्जाल मार्फत मंगलबार राति सचिव विष्टले एकताका लागि हदैसम्मको प्रयत्न भैरहेको भन्दै नेपालसहित १४ जनामाथि गरिएको कारबाही फिर्ता लिन अनुरोध गरेका छन ।

विष्टले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपाल सहित १४ जना सांसद माथी गरिएको कारबाहीले बिभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुको लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ । हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न संभव छ । हामी भित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भुमिका जरुरी पर्दछ । यस्तो अवस्थामा क। नेपाल सहितका सांसदहरूमाथीको कारबाही फिर्ता लिएर एकताको लागि थप भुमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...