माधव नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादी, चुनाव चिह्न किताब



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता डा. विजय पौडेलले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने बताएका छन् । पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको उनको दाबी छ ।
एक रेडियोलाई अन्तरवार्ता दिँदै नेता पौडेलले भने, “पार्टी विभाजन त केपी ओलीले २०७७ फागुन २८ गते नै गरिसक्नुभएको हो । पार्टी नेताहरुको सबै पद खारेज गरेर पार्टी विधानमै नभएको जम्बो महाधिवेशन आयोजक कमिटी बनाएको होइन ? हामी पार्टी फुटाउने जस्तो शब्द प्रयोग गर्दैनौं । नयाँ पार्टी गठन छरिएको बिस्कुन उठाउने कोसिस हो ।”
उनले थपे, “वार्ता गरेजस्तो गर्ने, अलमलाइरहने, सम्मानजनक एकता गरौं भन्दा नमान्ने, प्रतिनिधिसभा विघटन गर्नु गल्ती थियो, यसलाई पूर्णकाल टिक्न दिनेछौं भन्ने एउटा वाक्य राखौं भन्दा नमान्ने, ओली र उहाँका वरिपरिका साथीहरुको शब्दकोशमा आत्मालोचना र समीक्षा छँदै छैन । ढोकामा मुंग्रो लिएर लखेट्न थालेपछि हामीले पनि  ज्यान जोगाउनै पर्यो । गलहत्याएर लात्ती हानेपछि के गर्ने ?
नेकपा एमालेका ४५-४६ जना सांसद र ९२ जना केन्द्रीय सदस्य माधव नेपाल विचार समूहमा रहेको उनले बताए । उनले ह्वीप उल्लंघन गरेको आरोपमा माधवकुमार नेपाललगायत १४ सांसदमाथि कारबाही हुन नसक्ने पनि जिकिर गरे ।
ओलीसँग मिल्ने कि नयाँ दल बनाउने भन्ने कुरामा विचार गर्न सबै साथीहरु स्वतन्त्र रहेको पनि उनले बताए । उनले भने, “हामीले अन्तिम समयसम्म एकताको प्रयास गरेका हौं । हिजो घनश्याम भुसालजी ओलीकहाँ जानुभएकै हो । अब को सँग बस्ने भन्ने कुरा साथीहरुकै विचार हो । यो स्वतन्त्र छनोटको विषय हो ।”

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...