देउवाको आदेशमा आजै पार्टी दर्ता गर्ने माधव नेपालको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले आजै विभाजनको प्रक्रिया आजैबाट शुरू हुने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अलग दल दर्ता गर्ने तयारी भइरहेको माधव नेपालनिकट स्रोतले जनाएको छ । नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।

विभाजन गर्ने बेलासम्म क-कसले साथ दिने भन्ने समेत नेपालले सोधिरहेका छन् । विशेषगरी भीम रावलसहित वार्ता टोलीमा रहेका नेताहरू विभाजनको विपक्षमा उभिएपछि माधव नेपाल तेस्रो र चौथो पुस्ताका नेताहरूसँग भर परेका छन् । एक केन्द्रीय सदस्यले  भने, ‘माधव कमरेडले भर्खरै फोन गरेर अध्यादेश आउँदैछ, आजै दल दर्ता गर्नु पर्ने हुनसक्छ । तयार भएर बस्नु भन्नुभयो । हस्ताक्षर पनि चलिरहेको छ । सायद २५ प्रतिशतको थ्रेसहोल्ड राखेर अध्यादेश जारी गर्दा हामीलाई दलको मान्यता पाउन सहज हुन्छ ।’

माधव नेपालनिकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत) लाई नै नयाँ दलका रूपमा अघि बढाउने सम्भावना छ । नेपाल पक्षले अध्यादेशका आधारमा एमाले विभाजन गरेपछि नेकपा एकीकृतको दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने हुन्छ । त्यसका लागि राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेपाल समूह निर्वाचन आयोगमा जानेछ ।

तर, त्यसअघि नै केपी ओलीले २२ सांसदलाई कारवाही गरि सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा सूचना दिने सम्भावना पनि छ । तर सभामुखले तत्काल कारवाही अघि नबढाए के गर्ने ? त्यो अवस्थामा राष्ट्रपतिले पनि अध्यादेश तत्कालै जारी नगरे के गर्ने ? दुवै पक्षमा यी संशय पनि फैलिएका छन् । वरिष्ठ नेता नेपालले सांसद समेत रहेका नेताहरूसँग सिंहदरबारमा आज छलफल गरेका छन् । छलफलमा सहभागी हुन नभ्याएका र काठमाडौंबाहिर रहेकाहरुलाई टेलिफोनबाट जानकारी गराइएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...