अति बिपन्न चेपाङ परिवारलाई किरिया खर्च सहयोग
चितवन राप्ती नगरपालिका वडा न. २ निबासी गोपिराम चेपाङ को आमा श्री बिन्द माया चेपाङको निधन भएको र आफ्नो सस्कार परम्परा अनुसार काजकिरिया पनि गरिएको तर किरिया गर्दा लागेको खर्च आर्थिक अभावका कारणले परिवारले तिर्न नसकेपछि राप्ती नगरपालिका वडा न. २ को तर्फबाट वडा अध्यक्ष श्री श्याम सुन्दर उप्रेति ज्युले नगद रु ११,५०० वडाको तर्फबाट परिबारजनमा हस्तान्तरण गर्नुभएको छ ।। हस्तान्तरण कार्यक्रममा वडा सदस्य मनमाया डिमडुङ , नेकपा एमाले वडा न. ३ का अध्यक्ष कबिराज राई , समाजकल्याण साकोसका अध्यक्ष कृष्णप्रसाद पाण्डे , सुरदेबि टोल बिकास सस्थाका अध्यक्ष दिपेन्द्र थपलिया , थ्री(स्टार युबा क्लब )का अध्यक्ष मनिक लामा , युबा समाजसेबीहरु बिनोद बर्तौला , निर्देशन त्रिपाठी , जीवन लामा , ज्ञानेन्द्र प्रजा लगायत युबाहरुको उपस्थित रहेको थियो । यसअघि पनि वडा अध्यक्ष उप्रेतीले अति बिपन्न गरिबलाई किरिया खर्चमा सहयोग गर्दै आउनुभएको छ ।
राप्ती नगरपालिका वडा नं – २, निबासी अति बिपन्न स्व.सिता चेपाङको परिबारलाई किरिया खर्च बापत राप्ती नगरपालिका वडा नं -२ को तर्फबाट रु.१०,०००।-(दश हजार) रुपैयाँ रकम हस्तान्तरण गर्नुभएको छ।

उक्त रकम वडा अध्यक्ष श्यामसुन्दर ज्यु र वडा सदस्य मनमाया डिमडुङ बाट स्व. सिता चेपाङको परिबारलाइ हस्तान्तरण गर्नुभएको हो । राप्ती न.पा वडा न-०२ को तर्फबाट रु १०,००० र समाजसेबी सानुलाल बि.क ज्युको तर्फबाट रु १,००० थप गरि ११,००० परिबारजनमा हस्तान्तरण गरियो ।। कार्यक्रममा शिवशक्ति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सानुलाल बि.क लगायत युबाहरुको उपस्थित रहेको थियो ।।


