एमाले फुटाउन माधव नेपाललाई साथ दिन्न : नेता रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल कुनै हालतमा पार्टी फुटाउने पक्षको विरोधी देखिएका छन् । उनले एमालेभित्रै संघर्ष गर्ने तर फुटको पक्षमा नलाग्ने निष्कर्ष निकालेका हुन् । एमाले फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा रावल भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उनले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँगै संघर्ष गर्ने तर विभाजनको मार्गमा नजाने अडान लिएका हुन् ।

रावल लामो समय माधवकुमार नेपाल पक्षमा रहे । तर, पछिल्लो समय उनी तटस्थ भूमिकामा छन् । सुदुरपश्चिम क्षेत्रमा बलियो प्रभाव बनाएका रावलसँग केही केन्द्रीय सदस्यहरु र सांसद पनि छन् । उनी त्यही पकडका आधारमा एमालेभित्र ओली पछिको शक्तिशाली बनेर सक्रिय बन्ने रणनीतिमा लागेको देखिन्छ ।

पछिल्लो समय रावललाई नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यको पनि साथ रहेको छ । यो समूहले एमालेभित्र शक्ति बनेर प्रभाव देखाउने तयारी गरेको बुझिएको छ । रावलले पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका छन् । आइतबार महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए । भेटहरुमा उनले एमाले एकताका पक्षमा अडिग रहेको स्पष्ट पारेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...