एमाले फुटाउन माधव नेपाललाई साथ दिन्न : नेता रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल कुनै हालतमा पार्टी फुटाउने पक्षको विरोधी देखिएका छन् । उनले एमालेभित्रै संघर्ष गर्ने तर फुटको पक्षमा नलाग्ने निष्कर्ष निकालेका हुन् । एमाले फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा रावल भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उनले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँगै संघर्ष गर्ने तर विभाजनको मार्गमा नजाने अडान लिएका हुन् ।

रावल लामो समय माधवकुमार नेपाल पक्षमा रहे । तर, पछिल्लो समय उनी तटस्थ भूमिकामा छन् । सुदुरपश्चिम क्षेत्रमा बलियो प्रभाव बनाएका रावलसँग केही केन्द्रीय सदस्यहरु र सांसद पनि छन् । उनी त्यही पकडका आधारमा एमालेभित्र ओली पछिको शक्तिशाली बनेर सक्रिय बन्ने रणनीतिमा लागेको देखिन्छ ।

पछिल्लो समय रावललाई नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यको पनि साथ रहेको छ । यो समूहले एमालेभित्र शक्ति बनेर प्रभाव देखाउने तयारी गरेको बुझिएको छ । रावलले पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका छन् । आइतबार महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए । भेटहरुमा उनले एमाले एकताका पक्षमा अडिग रहेको स्पष्ट पारेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...