माधव गुटको २७ सांसदको गोप्य बैठक, को-को गए



हाम्रो इकोनोमि

 

 

संसद अधिवेशन अन्त्य भएकै दिन माधव नेपाललाई अन्तिम अवस्थासम्म साथ दिएका २२ जना सांसदको जमघट सोमवार साँझ किसान श्रेष्ठको निवासमा भएको थियो । सो जमघटको अन्तिममा माधव नेपाल समेत मिसिएको एक सहभागीले बताए ।

देउवालाई विश्वासको मत दिने २२ जना भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमारी झाँक्री, निरा जैरु, कल्याणी खड्का, पुष्पा कर्ण, सरला यादव, लक्ष्मी चौधरी, मुकुन्द न्यौपाने, किसान श्रेष्ठ, धनवहादुर बुढा, गोपाल बम, पार्वती विसुंखे लगायतका सांसद एक ठाउँमा छन् ।

त्यस्तै सोमवारको जमघटमा विश्वासको मतका बेला अनुपस्थित भएका यज्ञराज सुनुवार, झपट रावल, राजवहादुर बुढा र सोमप्रसाद पाण्डे पनि थपिएका थिए भने विश्वासको मतको विपक्षमा उभिएका जयकुमार राई पनि सहभागी रहेको स्रोतले जनाएको छ ।

त्यसअघि माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहभागी भएका थिए । नेपालले अब आफूहरु सरकारमा सहभागी हुन तयार रहेको भन्दै आवश्यक कानूनी प्रबन्ध मिलाउन आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...