रावल, पाण्डे, भट्टराई, विष्ट, ज्ञवाली, आचार्य लगायत युवानेता ओली क्याम्पमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले विभाजनका लागि सरकारले अध्यादेश ल्याउने सूचना पाएपछि माधव नेपाल पक्षका वार्ताकार नेताहरुको आग्रहमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार राती अबेर पार्टी एकताको अपील जारी गरेको खुलेको छ । सरकारले हठात संसद अधिवेशन अन्त्य गरेलगत्तै माधव नेपाल पक्षका वार्ता टोलीका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य लगायत आन्तरिक छलफलमा जुटेका थिए ।

भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरु विभाजनको विपक्षमा सक्रिय भएकाले माधव नेपाल पक्षको एउटा पंक्ति एमलेमै रहने आँकलन संस्थापन पक्षले गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय दलको बैठकमा आउनका लागि माधव नेपालसहित सबै सांसदलाई खबर गरिएको नेपाल प्रेसलाई बताए ।

अध्यक्ष ओली निकटका वार्ताकार नेताहरु पनि आपसमा र माधव पक्षीय नेताहरुसँग छलफलमा थिए । माधव पक्षीय स्थायी कमिटीका नेताहरुले अध्यक्षबाट पार्टी एकताको पक्ष र १० बुँदे सहमति कार्यन्वयनको प्रतिबद्धतासहित वक्तव्य आइदिए हुन्थ्यो भनेपछि सो अपिल जारी भएको अ‍ोली निकट एक नेताले बताए ।

उनले  भने, ‘हामी लगातार छलफलमै थियौं । माधव नेपाल कसैगरी पनि एमालेमा नफर्किने भएपछि वार्ताकार नेताहरुले अध्यक्षले एकताको पहल लिएको र १० बुँदे कार्यन्वयनमा प्रतिबद्ध रहेको सन्देश देशव्यापी दिँदा हामीलाई सजिलो हुन्थ्यो भनेपछि राती त्यो अपिल आएको हो ।. सरकार अध्यादेशको तयारीमा जुटेपछि वार्ताकार नेताहरु सक्रिय भएका छन् । उनीहरुकै आग्रहमा अपील जारी भएको र उनीहरुकै लागि आजको स्थायी कमिटी बैठक बोलाइएको अध्यक्ष अ‍ोली निकट स्रोतले जनाएको छ । संसदीय दल र स्थायी कमिटीको बैठकबाट एमाले एकता र विभाजनको पक्षमा रहनेहरुको कित्ताकाट हुने ती नेताले बताए ।

उनले भने, आजको स्थायी कमिटी बैठक उहाँहरुकै लागि बोलाइएको हो । व्यक्तिगत रुपमा फोन गरेर आजको बैठकमा आउनुस् भनिएको छ । संसदीय दलमा र स्थायी कमिटी बैठकमा आएर एकताको दबाब दिनुस् भनेका छौं । को को आउँछन् हेरौं,तर अब पर्खेर बस्न सकिन्न । एमालेमा माधव नेपाल नआउने लगभग निश्चित छ ।’

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...