एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एमाले विभाजन रोक्ने उपया खोजी गर्न एमालेले आकस्मिक बैठक बोलाएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत स्वरूप दुबै कमिटीको बैठक बोलाएका हुन । माधवकुमारन नेपालको अनुरोधमा शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेकाबेला अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन ।

बिहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । यी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ । अध्यक्ष ओलीले सोमबार राति नै बक्तव्य जारी गर्दै पार्टी एकताको आहवान गरेका छन । बैठकको एजेण्डा दल विभाजनको पक्षमा लाग्नेहरूमाथि कारबाही गर्ने रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...