एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एमाले विभाजन रोक्ने उपया खोजी गर्न एमालेले आकस्मिक बैठक बोलाएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत स्वरूप दुबै कमिटीको बैठक बोलाएका हुन । माधवकुमारन नेपालको अनुरोधमा शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेकाबेला अध्यक्ष ओलीले मंगलबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन ।

बिहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । यी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ । अध्यक्ष ओलीले सोमबार राति नै बक्तव्य जारी गर्दै पार्टी एकताको आहवान गरेका छन । बैठकको एजेण्डा दल विभाजनको पक्षमा लाग्नेहरूमाथि कारबाही गर्ने रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...